७२ फिट अग्लो र २६ फिट चौडाई लामो बस !

२०७३ श्रावण २० गते, बिहीबार

काठमाडौं, २० साउन । चीनको हेबेई प्रान्तमा एउटा यस्तो बस परीक्षण गरिएको छ, जुन यति विशाल छ कि बसभित्रबाट कार पनि निस्कन सक्छ । यो बस दुई मिटर अग्लो ट्रान्जिट एलिभेटेड बस (टीइबी) हो । यो बस बिजुलीबाट चल्छ । यसमा एकपटकमा ३०० यात्रु सवार हुन सक्छन् । यो बस ७२ फिट अग्लो र २६ फिट चौडाईको छ। ३०० मिटर लामो ट्र्याकमा यसको परीक्षण गरिएको हो ।
यो बसको गति आम सडकमा रहेको लिकमा ६० किलोमिटर प्रतिघण्टा हुने आशा गरिएको छ। यसमा चारवटा बससम्म जोडेर चलाउन सकिनेछ ।
यो बस तयार गर्ने प्रोजेक्ट इन्जिनियर सांग युजेले यो वर्षको सुरुवातमा सिन्ह्वा समाचार एजेन्सीसँग भनेका थिए–यो बसको सबैभन्दा ठुलो फाइदा सडकमा गाडीहरुका लागि धेरै स्थान प्राप्त हुनेछ ।
प्रोजेक्टका इन्जिनियर बुई झाइमिंगले सीसीटीभी न्युज च्यानलसँग भने–टीइबी बसले सबवेले जसरी काम गर्दछ । तर, यो बस बनाउन सबवे बनाउँदा लाग्ने लागतको पाँचौ हिस्सा मात्र खर्च हुने गर्दछ ।
यो बस निर्माण गर्ने कम्पनीका अनुसार एउटा टीइबी बस सडकमा चालीस आम बसको स्थान लिन सक्दछ । यद्यपि अहिलेसम्म स्पष्ट भइसकेको छैन कि चीनका सहरमा यो बस कहिलेबाट चल्नेछ । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]