भाद्र २३ देखि सुबिसु क्यान कमटेक

२०७३ श्रावण ३१ गते, सोमबार

काठमाडौँ, ३१ साउन । आगामी भाद्र २३ देखि सुबिसु क्यान कमटेक २०१६ (इन्फरमेसन, कम्युनिकेशन र टेक्नोलोजी प्रदर्शनी) आयोजना हुने भएको छ । क्यान महासंघको आयोजनामा काठमाडौँको भृकुटीमण्डप स्थित प्रदर्शनीहलमा भाद्र २३ देखि २६ गतेसम्म सुबिसु क्यान कमटेक २०१६ हुनेछ । यो कमटेकको पहिलो संस्करण हो । र्याडिसन होटलमा आइतबार आयोजित पत्रकार सम्मेलनमा सुबिसु क्यान कमटेक २०१६ इन एसोसिएसन विथ सामसुङको रुपमा एक्स्पो आयोजना हुने जानकारी गराइएको थियो । एक्स्पोमा जम्मा ८१ (सानो र ठूलो गरि) वटा स्टलहरु रहनेछन् । हाल सम्म ९० प्रतिशत स्टल निश्चित भईसकेको क्यान महासचिव विश्व बलामीले बताए ।
प्रदर्शनीमा ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, इलेक्ट्रोनिक सेक्युरिटी तथा सेफ्टी एण्ड सोलुसन्, हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, आई सी.टी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटस्, पेमेन्ट सोलुसन्स् र अन्य स्टलहरु रहनेछन् । प्रदर्शनीहरुमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीहरुको सहभागिता रहने भएकाले सर्वसाधारणहरुले सबै किसिमका जानकारी एकै स्थानबाट सजिलै पाउने आशा क्यानले लिएको महासचिव विश्व बलामीले बताए ।
विश्व विख्यात स्वदेशी तथा विदेशी सर्भिसेस एण्ड सोलुशनस् र ब्रोडब्याण्ड ईन्टरनेट र कम्प्युनिकेशन टेक्नोलोजी सम्बन्धि कम्पनीहरुले भागलिने क्यान कमटेक २०१६ को टाइटल स्पोन्सर सुबिसु केवलनेट प्रा.लि. र एशोसिएट स्पोन्सरको रुपमा सामसुङ रहेको छ । त्यस्तै प्लाटिनम स्पोन्सरमा वेबसर्फर, सिल्भर स्पोन्सरमा स्टार अफिस ईन्टरनेशनल र नेटिस छ भने प्रिन्ट स्पोन्सरमा स्प्यारो एस.एम.एस. रहेको छ । साथै अफिसियल बैंकको रुपमा सन्राइज बैंक रहेको छ । सुबिसु, सामसुङ र सन्राइज बैंक २०७३ सालमा हुने क्यान कमटेक २०१६, क्यान ईन्फोटेक २०१७ र क्यान आईसिटि कन्फरेन्स २०१७ तीनवटा कार्यक्रमहरुको नै क्रमश: टाईटल स्पोन्सर, एशोसिएट स्पोन्सर र अफिसियल बैंकको रुपमा रहेको समेत क्यानले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ । ईन्स्योरेन्स– प्रुडेन्सियल ईन्स्योरेन्स, आई.एस.पी.– सुबिसु, एफ.एम.–नेपाल एफ. एम., अनलाईन टिकेटिङ्ग– एफ वान सफ्ट ईन्टरनेशनल, अनलाईन पेमेन्ट– ई–सेवा, नेपाली आईटी म्यागेजिन– लिभिङ्ग वीथ आई.सी.टी रहेका छन ।
यसैगरी यस पटकको प्रदर्शनीमा सेक्यूरिटी सोलुशन्स कम्पनीहरुका लागि छुट्टै पाभिलियनको व्यवस्था गरेको क्यानले जनाएको छ । जसलाइ क्यानले Electronic Security तथा Safety and Solution भन्ने नामाकरण गरेको छ । उक्त pavilion मा अबलोकनकर्ताहरुले Electronic Security तथा Safety and Solution का उपकरणहरु जस्तै CCTV, Access Control System, Sensor and Alarm, Staff Attendance, Fire and Smoke Detector, Fire Fighter आदि रहने छन । यस pavilion लाई ASPA Nepal सस्थाले व्यवस्थापन गर्ने छ ।
त्यस्तै यस संस्करणको प्रदर्शनीमा विशेष गरी ब्रोडब्याण्ड ईन्टरनेट र कम्प्युनिकेशन टेक्नोलोजीलाई जोड दिइएको क्यानका अध्यक्ष बिनोद ढकालले बताए ।
ईन्टरनेट सेवामा विशेष शहुलियत सहित High Speed Internet प्रमुख आकर्षण बन्ने छन् भन्ने क्यानले आशा लिएको छ । स्मार्ट प्रविधिहरुसगै नेपाल सरकारले परिकल्पना गरेको स्मार्ट सिटीको आधारभुत पूर्वाधार सम्बन्धि जानकारी यस प्रदर्शनीमा उपलब्ध क्यानले जानकारी गराएको छ ।
यसैगरी सुविसु क्यान कमटेक २०१६ इन एसोसिएसन विथ सामसुङ अवलोकनका लागि सर्वसाधारणहरुलाई प्रवेश शुल्क रु ५०/–र विद्यार्थीहरुलाई रु २५/–तोकिएको जनाएको छ । साथै कलेज तथा स्कुलका विद्यार्थीहरु सम्बन्धित कलेज तथा स्कुलको पत्र सहित आएमा टिकट दरमा विशेष छुट प्रदान गरिने बताइएको छ । क्यानले यस पटकको प्रदशनीमा १,५०,००० अवलोकनकर्ताहरुले अवलोकन गर्ने अपेक्षा गरेको पत्रकार सम्मेलनमा बताएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]