सामसुङ ग्यालेन्सी नोट ७ स्मार्टफोन विमानमा प्रयोग गर्न प्रतिबन्ध

२०७३ भाद्र २५ गते, शनिबार

काठमाडौ, २५ भदौ । भारतको नागरिक उड्डयन मन्त्रालयले सामसुङ ग्यालेन्सी नोट ७ स्मार्टफोनको प्रयोग विमानमा गर्न प्रतिबन्ध लगाएको छ। नागर विमानन महानिर्देशनालय (डीजीसीए)ले सार्वजनिक सूचना जारी गर्दै हवाई यात्री र एयरलाइन्सहरुलाई फ्लाइटका क्रममा यो मोबाइल फोन अन र चार्च नगर्न सुझाव दिएको छ ।
संसारभर सामसुङ ग्यालेक्सी नोटको ब्याट्रीमा विष्फोटको घटनालाई ध्यानमा राखेर मन्त्रालयले यस्तो रोक लगाएको हो । सामसुङ इन्डियाका प्रवक्ताले भनेका छन्–हामीलाई नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए)को सूचना थाहा छ, उपभोक्ताको सुरक्षा र मनको शान्ति हाम्रो सर्वोच्च प्राथमिकता हो ।
सामसुङका अनुसार ग्यालेक्सी नोट ७ को विक्री भारतमा सुरु नै भएको छैन । र, हरेक प्रकारको सुरक्षा चिन्ता हटाउनका लागि विक्रीवितरण तत्कालका लागि स्थगित गरिएको हो । ग्राहकको सुरक्षा असुविधा हटाउन चाँडै नै ग्यालेक्सी नोट ७ को नयाँ उत्पादन पठाउने तयारी भइरहेको सामसुङले जनाएको छ।
सामसुङले १९ अगस्तमा यो फोन विश्वभर सार्वजनिक गरेको थियो । तर चार्जिङका क्रममा ब्याट्रीमा आगो लाग्ने घटना सार्वजनिक भएपछि कम्पनीले पुराना फोन फिर्ता मागेर ग्राहकलाई नयाँ फोन दिने निर्णय गरेको छ । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]