जहाज मर्मत नेपालमै
काठमाडौ, १४ असोज । आन्तरिक उडानको वायुसेवा कम्पनी वुद्ध एयरले विदेशी वायुसेवाका जहाज मर्मत सुरु गरेको छ। यो वायुसेवाले आफूसँग भएको प्रकृतिकै जहाजको मर्मत सुरु गरेको छ । बुद्ध एयरका अप्रेसन म्यानेजर सुवर्ण खरेलले लामो समयदेखि आफ्नै मेन्टेनेन्स हृयाङ्गरमा जहाज मर्मत गरिरहेकाले अब एटिआर र विचक्राफ्ट जहाजमा विदेशीलाई पनि सेवा दिन थालिएको जानकारी दिए। उनका अनुसार नेपाल सरकारले विदेशी वायुसेवाका जहाज मर्मत गर्न अनुमति दिइसकेको छ । उनले ढाकाबाट हेलो एयर र भारतबाट एलाइन्स एयरले मर्मत गर्न नेपाल आउन इच्छा देखाएका छन्।
यसअघि भुटानको ट्रुक एयरलाई मर्मत गरेर पठाइएको खरेलले जानकारी दिए । बुद्धले लामोसमयदेखि सुविधासम्मपन्न हृयाङ्गर सञ्चालन गरिरहेको छ। – अन्नपूर्ण पोस्ट दैनिकवाट