भारतीय दुतावासका वेबसाइट एकसाथ ह्याक

२०७३ कार्तिक २३ गते, मंगलवार

काठमाडौ, २३ कात्तिक । सात मुलुकमा रहेका भारतीय दुतावासको वेबसाइट एकसाथ ‘ह्याक’ भएको छ । ह्याकरको समूहले युरोप र दक्षिण अफ्रिकामा सात भारतीय दुतावासको वेबसाइट ह्याक गरेको हो । भारतीय विदेश मन्त्रालयले ती मुलुकमा आफ्ना दुतावासका वेबसाइट ह्याक भएको पुष्टि गरेको छ । विदेश मन्त्रालयले ‘समस्या’ बारे अवगत रहेको जनाउँदै त्यसको समाधानका लागि प्रयास भइरहेको जनाएको हो ।
ह्याक गरिएका मुलुकहरुको पूर्ण विवरण प्रकाशमा आएको छैन । युरोप र दक्षिण अफ्रिकास्थित भारतीय दुतावासलाई ह्याकरले निशाना बनाएको भारतीय संचारमाध्यमले जनाएका छन् । तर रोमानियास्थित भारतीय मिशनको वेबसाइट पनि ह्याक भएको बताइएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले भने, ‘हामी समस्याबारे जानकार छौं, यसलाई ठिक गर्ने प्रयास भइरहेको छ ।’ ह्याकबाट भएको क्षति आँकलन हुन सकेको छैन । कसले र कुन उद्देश्यले ह्याक गरेको हो भन्ने प्रष्ट हुन बाँकी रहेको भारतीय संचारमाध्यमले जनाएका छन् । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]