भारतको कारण गण्डक जलविद्युतको उत्पादन बन्द
काठमाडौं, २४ कात्तिक । भारतीय पक्षले नहरमा पानी बन्द गरेपछि नवलपरासीस्थित गण्डक जलविद्युत् केन्द्रको उत्पादन बन्द भएको छ । भारतले यस वर्ष पनि मर्मत सम्भार गर्न भन्दै नहरमा पानी बन्द गरेको हो । जसका कारण गुठी सूर्यपुरास्थित विद्युत् उत्पादन केन्द्रको उत्पादन बन्द भएको छ । भारतीय पक्षले कात्तिक ९ देखि नहरमा पानी बन्द गरेको हो । उसले मंसिर १० गतेसम्म नहर बन्द रहने जानकारी दिएको छ । केन्द्रका प्रमुख सुरेश राउतका अनुसार उत्पादन बन्द भएपछि अहिले भारतबाट १ सय ३२ किलो भोल्ट बिजुली आपुर्ति गरिएको छ ।
हरेक वर्षको कात्तिकदेखि मंसिरसम्मको एक महिना नहर मर्मतको बहाना बनाउँदै भारतले पानी बन्द गरिदिने गरेको छ । जसका कारण हरेक वर्ष स्थानीयले विद्युत्को समस्या झेल्दै आएका छन् । भारतको सहयोगमा सन् १९७९ देखि उक्त केन्द्र सञ्चालनमा आएको हो ।