माेबाइल एक्स्पाे स्थगित

२०७३ पुष १३ गते, बुधबार

काठमाडौं, १३ पुस । नम्डा मोबाइल एक्स्पो २०१६ स्थगित भएकाे छ । नेपाल मोबाइल वितरक संघले यही पौष १४ गते देखी काठमाण्डौको प्रदशर्नी मार्ग स्थित भृकुटी मण्डपमा आयोजना गर्ने भनिएको एक्स्पो विशेष कारणले स्थगित भएको जानकारी दिएकाे छ । मोबाइल फोन इम्पोर्टर एसोसियशन संग दरवारमार्गमा भएको छलफल पछि देशको पछिल्लो राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै संघले यथास्थितिमा मोबाइल एक्स्पो स्थगित गरी निकट भबिष्यमै बृहतरुपमा एक्स्पो गर्ने सहमति भएको हो ।
नेपाल भरि छरिएर रहेका मोबाइल बितरकहरुको छाता सस्था नम्डाले सबै मोबाइल फोनका उत्पादक, आयातकर्ता, खुद्रा बिक्रेता, राज्यका बिभिन्न निकाय आदि संगको छलफल पछि उक्त एक्स्पो नेपाली नयाँवर्षको अवशरमा गर्ने निर्णय गरेको हो । बिगतमा गैर मोबाइल ब्यवसायीहरुले मनोपोलीरुपमा सिन्डिकेट गरेर आयोजना गर्ने गरेको मोबाइल एक्स्पोलाई अब उपरान्त आयतकर्ता तथा बितरकहरुको समन्वयमा नेपालका सबै क्षेत्रहरुको मोबाइल ब्यवसाय प्रमोसन हुनेगरि आयोजना गरिने सहमति भएको छ ।

प्रतिक्रियाहरु

[anycomment]