ब्याट्री टिक्ने स्मार्टफोन
काठमाडौं, ७ माघ । विश्वमा सार्वजनिक गरिएका र नेपालमा पनि उपलब्ध मिड रेन्जका स्मार्टफोनहरू ब्याट्री टिकाउ हुने पाइएका छन् । चिनिया ब्राण्ड मेजु नेपाल भित्रेको एक वर्ष पनि भएको छैन । तर, यसका उत्पादनहरूले नेपाली बजारमा चर्चा कमाउन थालेको पाइन्छ । धेरै मोडेलमध्ये मेजुको ‘मेजु एम ३ नोट’ ब्याट्री टिकाउ फोनमा पर्छ । यसको ब्याट्री क्षमता ४१०० एमएएच छ । यसको ब्याट्री फोर जी अन गरेर चलाउनु भएमा पनि दिनभर टिक्न सक्छ ।
५.५ इन्चको डिस्प्ले, १.८ गिगाहर्जको हिलियो पी १० अक्टाकोर प्रोसेसर, ३ जीवी ¥याम, ३२ जीबी स्टोरेज, एन्ड्रोइडको ललिपप ५.१ भर्सनलगायत यसको प्रमुख विशेषता छन् । ड्युल सिम लाग्ने यो फोनमा फोर जी एलटिई सुविधा छ भने रियर क्यामरा १३ मेगापिक्सेल र रेयर क्यामरा ५ मेगापिक्सेलको छ । मेजुका अन्य मोडेल पनि ब्याट्री टिक्ने खालका छन् । मेजुको नोट थ्रीको प्रतिस्पर्धी साओमीको रेडमी नोट थ्री देखिन्छ । ४०५० एमएएचको ब्याट्री रहेको १६ जीबी र ३२ जीबीको इन्टरनल स्टोरेजको अप्सनमा पाइने यो फोन २ र ३ जीबीको अप्सनमा छ । ५.५ इन्चको यो फोर जी स्मार्टफोनमा १६ मेगापिक्सेलेको रियर र ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा छ ।
यसकै थ्री एस, नोट थ्री, नोट फोरलगायतका अन्य मोडल पनि ब्याट्री टिकाउ छन् । लेनोभोको भाइभ एवान पनि ब्याट्री फोनको लाइनमा अगाडि देखिन्छ । यसको ब्याट्री ३९०० एमएएचको छ भने २ जीबी ¥याम, १६ र ३२ जीबीको -याम, एन्ड्रोइड ललिपप ५.१ भर्सन, ८ मेगापिक्सेलको रियर र ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा छ । साओमी र मेजुका माथिका मोडेल २० हजारदेखि २७ हजारसम्मका छन् भने लेनेभोको मूल्य १५ हजार तलमाथिको छ । हुवावे, जियोनी, ओपो, सामसुङलगायत चलेका ब्राण्डका १५ हजारमाथिका मोडलमा ब्याट्री टिकाउ पाइन्छन् ।
यसभन्दा कम रेन्जका भारतीय ब्राण्ड माइक्रोम्यासको जुस २ (३००० एमएएच), इन्टेक्सको क्लाउड जेष्ट (४०००) एमएएच), आसुस जेनफोन म्याक्स ओल्ड (५००० एमएएच) लगायत पनि ब्याट्री टिकाउ छन् ।