सुबिसु क्यान इन्फोटेक विहिबारदेखि

२०७३ माघ १२ गते, बुधबार

काठमाण्डौं , १२ माघ । “सुबिसु क्यान ईन्फोटेक २०१७ ईन एशोसिएशन विथ सामसुङ” विहिबारदेखि सुरू हुँदैछ । सूचना प्रविधिकाे सो कुम्भ मेला ६ दिनसम्म राजधानीकाे भृकुटीमण्डपमा सञ्चालन हुने बताइएको छ । मेलामा सूचना प्रविधि क्षेत्रका विभिन्न कम्पनी गरी २ सय २२ स्टलहरु प्रदर्शनीमा रहने छन् ।
अायाेजक क्यान महासंघका अनुसार मेलाकाे तयारी अन्तिम चरणमा पुगेकाे छ । प्रदर्शनीस्थलमा धमाधम स्टल निर्माण गरिएकाे छ । मेलामा अाउने कम्पनीहरूले पनि नयाँ प्रडक्ट र सेवालार्इ विशेष अफरमा सार्वजनिक गर्ने तयारी गरिररहेका छन् ।
सुबिसु केबलनेट प्रा.लि.ले शीर्ष प्रायोजन गरेको तथा एशोसिएट स्पोन्सर सामसुङले प्रायोजन गरेको हुनाले यस क्यान ईन्फोटेकको संस्करणको नाम “सुबिसु क्यान ईन्फोटेक २०१७ ईन एशोसिएशन विथ सामसुङ” रहको छ । त्यस्तै प्लाटिनम स्पोन्सर–मर्कन्टाईल, डायमण्ड स्पोन्सर– नेपाल टेलिकम, गोल्ड स्पोन्सरहरु– हुवावे र ओप्पो मोबाईल, सिल्भर स्पोन्सरहरु– नेटिस, एस.पावर, एम.आई. स्मार्ट फोन र लेनोभो रहेका छन् भने प्रिन्ट स्पोन्सरमा– खल्ती रहेको छ । क्यान इन्फाेटेककाे अफिसियल मिडियामा लिभिङ विथ अाइसिटी रहेकाे छ ।

प्रतिक्रियाहरु

[anycomment]