कृत्रिम मिर्गाैला !

काठमाडौं, १९ माघ । क्यालिफोर्निया सान फ्रान्सिस्कोका अनुसन्धानकर्ताहरुले निकट भबिस्यमा नै कृत्रिम किड्नी बन्ने बताएका छन । अहिले अमेरिकामा कृत्रिम किड्नीको परीक्षण भइरहेको छ । करीब सय जना विरामीमा कृत्रिम किड्नी राखेर सफल परीक्षण गरिएको अनुसन्धानकर्ताहरुले बताएका छन् । क्यालिफोर्निया सान फ्रान्सिस्कोका प्रमुख शोधकर्ता डा. शुओ रोयका अनुसार कृत्रिम किड्निीले मानिसलाई जीवन प्रदान गर्न गर्ने दाबी गरेका छन्।
कृत्रिम किड्नीले कसरी काम गर्छ ?
कृत्रिम किड्नी एक प्रकारको डिभाइस हो। यसलाइ शरीरको एबडमन जडान गरिनेछ भने मुटुको सहायताले सञ्चालन गरिनेछ। यो डिभाइसलाई रगत समेत फिल्टर गर्ने सक्ने गरी निर्माण गरिएको छ। यसका साथै यसले शरीरमा हर्मोन समेत उत्पादनको काम गर्ने शोधकर्ताहरुले बनाएका छन्।
यस्तै कृत्रिम किड्नीले ब्लड प्रेसरलाई समेत नियन्त्रण गर्नेछ भने वास्तविक किड्नीको सबै काम सम्पादन गर्ने शोधकर्ताहरुको दाबी छ।
कहिले हुन्छ किड्नी ट्रान्सप्लान्ट ?
जब क्रोनिक किडनी रोग अन्तिम चरणमा पुग्छ तब किड्नीलाई शरीरबाट फ्लूड निकाल्न र अन्य काम गर्न छोड्छ। यो बेलामा बिरामीको किड्नी ट्रान्सप्लान्ट गर्नुपर्ने हुन्छ र यसको लागि उनलाई डायलासिस दिइन्छ।
किड्नी ट्रान्सप्लान्ट एउटा सर्जिकल प्रक्रिया हो जसमा विरामीलाई चाडै नै किड्नी लगाउनु पर्ने हुन्छ। तर ९० प्रतिशत किड्नी मानिसमा ट्रान्सप्लान्ट हुन सक्दैन। बिरामीलाई स्वस्थ किड्नी पाउन धेरै नै गाह्रो हुन्छ। यही कारण अनुसन्धानकर्ताले कृत्रिम किड्नीको विकास गरेका छन्। – एजेन्सी