मेकानिकल प्रर्दशनी हुने

काठमाडौं, २१ माघ । ललितपुरस्थित पुल्चोक इञ्जिनियरिङ क्याम्पसमा भोलीदेखि सातौं ‘मेकानिकल इञ्जिनियरिङ प्रदर्शनी’ हुने भएको छ । सोसाइटी अफ मेकानिकल इञ्जिनियरिङ स्टुडेन्टस् (सोमेस)ले आयोजना गर्न लागेको प्रदर्शनीमा सोलार उर्जा, बायो उर्जा, वायु उर्जा लगायतका उर्जासँग सम्बन्धी प्रविधिहरु कार्यक्रम संयोजक अरुण पाण्डेले जानकारी दिए । ‘उर्जामा आत्मनिर्भरता आजको आवश्यकता’ भन्ने मूल नारासहित आयोजना गर्न लागिएको प्रर्दशनीमा मुख्य आकर्षणको रुपमा ड्रोन प्रतियोगिता, रोबोट फाइट, रोवो रेस तथा इनर्जी भिलेज समावेश गरिएको आयोजकले जानकारी दिएको छ ।
युएनले सार्वजनिक गरेको १७ वटा दिगो उद्देश्यमध्ये सातौं उद्देश्य ‘क्लिन एन्ड अफर्डेवल इनर्जी’ लाई मध्यनजर गर्दै ‘इनर्जी भिलेज’ राखिएको पाण्डेले बताए ।
प्रर्दशनीमा ‘प्लस टु मेकानिकल डिजाइन’ प्रतिस्पर्धा हुनेछ । जहाँ प्लस टु अध्ययनरत विद्यार्थीहरुले मेकानिकल डिजाइनमा प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै, स्नाताक अध्ययनरत इञ्जिनियरिङ विद्यार्थीबीच पनि मेकानिकल डिजाइन प्रतिस्पर्धा हुनेछ ।
दीर्घकालिन विकासका लागि प्रविधिबारे सबैलाई जानकारी प्रदान गर्ने र स्वदेशकै प्रविधि विदेशीसरह छ भन्ने सन्देश पु¥याउन प्रदर्शनी आयोजना गर्न लागिएको कार्यक्रम संयोजक पाण्डेले बताए । उनले भने, ‘प्रविधिमा आत्मनिर्भर बन्न सक्ने क्षमता स्वदेशमै छ र घरघरमा प्रविधिको प्रयोग गर्न जनचेतना फैलाउनका लागि प्रदर्शनी आयोजना गर्न लागेका हौं ।’
प्रर्दशनीमा ५० वटा स्टलमा विद्यार्थीहरुले तयार पारेका विविध आविस्कार रहने जनाइएको छ । समाजले आजै विहान एक प्रभातफेरिको पनि आयोजना गरेको थियो । प्रभातफेरि पुल्चोक क्याम्पसबाट सुरु भएर बसन्तपुर पुगेर टुंगिएको थियो ।