चैत १९ देखि युरो–४ मापदण्डको इन्धन

२०७३ फाल्गुन १६ गते, सोमबार

काठमाडौं, १६ फागुन । नेपाल आयल निगमले १९ चैत (१ अप्रिल) देखि भारतबाट युरो–४ मापदण्डको इन्धन आयात गर्ने भएको छ । निगमले भारतीय आयल कर्पोरेसन (आइओसी) सँग आगामी ५ वर्षका लागि मार्चमा इन्धन खरिद सम्झौता नवीकरण गर्दैछ । सम्झौता नवीकरणपछि १ अप्रिलबाट युरो–४ मापदण्डको पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धन आयात हुनेछ । हाल युरो–३ मापदण्डको इन्धन आयात र वितरण भइरहेको छ ।
आयल निगमका प्रवक्ता भानु खनालले इन्धन सम्झौता नवीकरणको आवश्यक तयारी भइरहेको बताए । भारतले सन् २०१७ बाट युरो–३ मापदण्डको इन्धन प्रयोगमा प्रतिबन्ध लगाई युरो–४ प्रयोग गर्ने घोषणा गरिसकेको छ । –नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रियाहरु

[anycomment]