रसायनिक हतियारको प्रयोग, १२ जना घाइते

२०७३ फाल्गुन २१ गते, शनिबार

काठमाडौं, २१ फागुन । इराकको मोसुल शहरमा रसायनिक हतियार प्रयोग गरिएको भेटिएको छ । १२ जना घाइते हुनेगरी मोसुलको दुई ठाउँमा गराइएको आक्रमणमा रसायनिक हतियार प्रयोग गरिएको भेटिएको रेडक्रसको अन्तर्राष्ट्रिय समिति आइसिआरसीले पुष्टि गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । आक्रमणमा ५ जना बालबालिका सहित १२ जना घाइते भएका छन् । घाइतेमध्ये एक बालकको अवस्था गम्भीर छ ।
आक्रमणमा कुन रसायन प्रयोग गरिएको भन्नेबारे पत्ता नलागेपनि घाइते सबैको उपचार रसायनिक हमलाको पीडितको रुपमा भैरहेको छ । अन्तर्राष्ट्रिय कानूनमा त्यस्ता रसायनिक आक्रमण प्रतिबन्धित छ । अतिवादी इस्लामिक संगठन आइएसले आक्रमण गरेको अनुमान गरिएपनि जिम्मेवारी भने कसैले लिएको छैन । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]