लाइसेन्सको लागि अनलाईन फारम
काठमाडौं, १ चैत । यातायात व्यवस्था कार्यालय एकान्तकुनाले आजदेखि लिखित फारम नबुझ्ने भएको छ । कार्यालयले आजदेखि लिखित फारम विस्थापित गरेर अनलाईन फारम मात्र बुझ्ने तयारी गरेको हो । अनलाईन फारम भर्न नजान्नेले नागरिकताको फोटोकपि लिएर कार्यालय जान सक्ने व्यवस्था मिलाइएको कार्यालयका प्रमुख तेजनारायण यादवले बताए । कार्यालयकै कर्मचारीले लाइसेन्सका लागि अनलाइन फारम भरिदिने व्यवस्था गरेको हो । कार्यालयले अहिले लिखित र अनलाईन गरी नयाँ लाइसेन्सको लागि दैनिक पाँच सय जनाको फारम बुझ्ने गरेको छ । तर देखि लिखित फारम एउटा पनि नबुझ्ने भन्दै फारम छापेर बिक्री गर्दै आएको ललिपुर उपमहानगरपालिकालाई अब फारम नछाप्न जानकारी गराइसकेको बताइएको छ ।