यसरी हुनेछ मानव जातिको विनाश !

२०७५ बैशाख ८ गते, शनिबार

काठमाडौँ, ८ बैशाख । कुनै समय डाइनोसर सबैभन्दा शक्तिशाली जीव थिए, जुन पूर्णरूपमा अन्त्य भयो । अहिले मानिस सबैभन्दा शक्तिशाली छ, तर मानिसको सफायाको आशंका पनि निकै प्रबल छ । पृथ्वीमा जीवन विगत ५० करोड वर्षदेखि छ । अहिलेसम्म पाँच पटक यस्तो अवस्था आयो, जब सबैभन्दा बढी फैलियो र प्रभावी प्रजातिहरूरु विलुप्त भयो । भविष्यमा सर्वनाशको छैटौ चरण आउनेछ र मानिसका लागि यो नराम्रो छ, किनभने यो बेला धरतीमा सबैभन्दा प्रबल प्रजाति मानिसकै छ ।
इग्ल्याण्डको लीड्स युनिभर्सिटीका वैज्ञानिकहरूले सर्वनाश र क्रमिकमाथि शोध गरेका छन् । वैज्ञानिकहरूका अनुसार अन्तिम सर्वनाशको घटना ६.६ करोड वर्ष पहिला भएको थियो । त्यतिबेला एउटा ठुलो धुमकेतु पृथ्वीसँग ठोक्कियो र १५ करोड वर्षसम्म धरतीमा विचरण गरेको डाइनोसर एक झड्कामै विनाश भयो । डाइनोसरको तुलनामा मानिसले पृथ्वीमा निकै कम समय बिताएको छ, करिब १५ लाख वर्ष ।
वैज्ञानिकहरूका अनुसार विगतमा भएका घटनाका क्रममा, एक समान देखिने वा निकै कम अन्तरवाला प्रजातिहरूको ५० देखि ९५ प्रतिशतसम्म विना भएको छ । शोध टिमका प्रमुख प्रोफेसर एलेक्जेन्डर डनहिल भन्छन्–जीवाश्माहरूको आधारमा विगतमा व्यापाक सफाया हेरेर थाहा हुन्छ कि मौजुदा जीवहरू लोप हुने रफ्तार पनि निकै उच्च छ । अर्को शब्दमा भन्ने हो भने धरती सर्वनाशको छैटौ चरणतर्फ बढिरहेको छ ।
शोध टिमका अनुसार सर्वनाशका लागि जिम्मेवार कयौ घटनाहरू फिलहाल मानिसको बसमा छैन । इतिहासलाई हेर्ने हो भने थाहा हुन्छ कि खगोलीय वा भुगर्भीय परिवर्तन र अधिकांश जीव उजाडिएका छन् । २० करोड वर्ष पहिला ट्राइएशिक–जुरासिक कालका क्रममा पनि यही भयो । प्रोफेसर डनहिलका अनुसार–यस्ता जीव यो परिस्थितिहरूका अनुसार स्वयमलाई निकै तिब्रताका साथ ढाल्न पाएनन् र ती लोप भए’ ट्राइएशिक–जुरासिक कालका ८० प्रतिशत जीवन परिवर्तनको बली बने ।
यद्यपि महाविनाशका ती घटनाहरू समय बित्दै जाने क्रममा सुस्त भए । यही कारण हो कि कोही र सरिसृप प्रजातिका कयौ जीव बचे । र, फेरि विस्तारै विस्तारै क्रमिक विकासका साथै स्तनधारी र पन्छी बने । बितेका घटनाहरूको आधारमा नतिजा निकाल्ने हो भने आगामी महाविनाशमा सबैभन्दा बढी नोक्सान मानिसकै हुनेछ । डनहिल भन्छन्–२० करोड वर्ष पहिला फुटेका ज्वालामुखीले वायुमण्डलमा धेरैभन्दा धेरै कार्बन डाइअक्साइट र ग्रीन हाउस ग्यास छाडेको छ, यसका कारणबाट प्राणघातक ग्लोबल वार्मिङ बढेको छ । तथ्य यो छ कि हामी मानिसको गतिविधिहरूबाट त्यस्तै अवस्था तयार गरिरहेका छौ, त्यो पनि समयको तुलनामा कयौ गुना तिब्रताका साथ ।
मानिसकै कारण अहिले प्रकृति विनाश भइसकेको छ र कयौ प्रजातिहरू लोप हुने बाध्य भइसकेका छन् । प्रोफेसर डनहिलका अनुसार कुनै पनि अरु प्रजातिको तुलनामा मानिस धरतीमा सबैभन्दा बढी फैलिएको छ, ‘तपाईं भन्न सकिन्छ कि हामी यति ठुलो क्षेत्रमा फैलिएका छौ कि क्रमिक विकासको ठुलो घटनामा हाम्रो पूर्णरूपमा सफाया हुने छैन । तर संसारको अधिकांश आवादी अहिले पनि आहार, पानी र ऊर्जाका लागि प्राकृतिक संशासनमा निर्भर छ । प्रकृतिमा हुने ठुलो उथलपुथलको असर मानिसमा निश्चित रूपमा नकारात्मक हुनेछ ।

प्रतिक्रियाहरु

[anycomment]