नार्कका ७ वैज्ञानिकसहित ११ कर्मचारी सम्पर्कविहीन

२०८२ मंसिर १४ गते, आईतवार


काठमाडौँ । नेपाल कृषि अनुसन्धान परिषदका ७ वैज्ञानिकसहित ११ कर्मचारी सम्पर्कविहीन भएका छन्। नार्कले सूचना जारी गरी अध्ययन बिदामा बसेका ७ जना वैज्ञानिक सहित ११ कर्मचारी बिदा सकिएपश्चात हाजिर हुन आउनुपर्नेमा सम्पर्कविहीन रहेको जानकारी दिएको छ।
वैज्ञानिकहरू अच्युत मिश्र २०७४ भदौदेखि, नवीनकुमार दंगाल २०७६ भदौदेखि, होमन रेग्मी २०७३ माघदेखि, देवराज चालिसे २०७३ चैतदेखि, प्रतिष्ठा अधिकारी २०७४ मंसिरदेखि, दिनेशबाबु थापा मगर २०७५ साउनदेखि र संजिव गौतम २०७५ भदौदेखि सम्पर्कविहीन छन्।
त्यस्तै अन्य कर्मचारीहरू सुमन कार्की, उज्ज्वल सुवेदी, अतित पराजुली र अस्मिता श्रेष्ठ पनि विभिन्न मितिदेखि बिदामा रही सम्पर्कविहीन रहेको नार्कले जनाएको छ।
उनीहरु अध्ययन बिदा स्वीकृत गराई कबुलियतनामा गरी अध्ययनमा गएको तर बिदापश्चात हाजिर हुन आउनुपर्नेमा आ-आफ्नो पदबाट राजीनामा पेस गरेको नार्कले जनाएको छ।
नार्कले उनीहरूलाई कर्मचारी प्रशासन विनियम २०४९ को विनियम ४० (२)को कसुरमा नोकरी टुटेको सम्झी सेवाबाट किन अलग नगर्ने भनेर स्पष्टीकरण सोधेको छ। नार्कले सेवाबाट नहटाउनुपर्ने कुनै कारण र प्रमाण भए सात दिनभित्र आफै उपस्थित भई स्पष्टीकरण बुझाउन ती कर्मचारीहरूलाई आग्रह गरेको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

इजलासका आदेश अनलाइनमा !

२०८३ श्रावण १२ गते, मंगलवार

२ लाखभन्दा धेरै बेटिङ एप बन्द !

२०८३ श्रावण ८ गते, शुक्रबार