असोज १७ गतेदेखि भीषण वर्षा : भ्रामक खबरको पछि नलाग्न आग्रह

२०८३ आश्विन १३ गते, मंगलवार


काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले असोज १७ गतेदेखि ३ दिनका लागि भीषण वर्षा हुन्छ भन्दै भ्रम फैलाइएको जनाएको छ। महाशाखाले एक सूचना जारी गरि यस्तो कुनै पनि पूर्वानुमान नगरेको र मौसमी गतिविधिमा खासै फेरबदल नपाइएकाले यस्ता भ्रामक खबरको पछि नलाग्न आग्रह गरेको छ।
महाशाखाले भनेको छ,‘हाल सर्वसाधारणबाट असोज १७ गतेदेखि ३ दिनका लागि भीषण वर्षा हुन्छ भनेर धेरै सोधपुछ भएको बारे यस बिभागको ध्यानआकर्षण भएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले यस्तो कुनै पनि पूर्वानुमान नगरेको र मौसमी गतिविधिमा खासै फेरबदल नपाइएकाले यस्ता भ्रामक खबरको पछि नलाग्नरनफैलाउन नेपाल मौसम विज्ञान विभाग विनम्र अनुरोध गर्दछ।’
महाशाखाले सबैलाई मौसम पूर्वानुमान महाशाखाको वेबसाइट तथा आधिकारिक सामाजिक सञ्जालमार्फत अद्यावधिक रहन अनुरोध गरेको छ।

प्रतिक्रियाहरु

[anycomment]