किन मानिसहरू आफ्नो सपना सम्झन सक्दैनन् ?

२०७६ जेष्ठ ४ गते, शनिबार

काठमाडौं, ४ जेठ । धेरै जसो मानिसहरुले आफ्नो सपना सम्झन सक्दैनन् । राति सुतेपछि देखिने सपना प्रायजसोलाई अस्पष्ट रुपमा सम्झिन सक्ने किसिमका हुन्छन् भने केहीलाई थाेरै पनि सम्झन नसक्ने किसिमका हुन्छन् । जब हामी निद्रामा हुन्छौँ त्यो बेला मष्तिस्क एकोहोरो किसिमले सक्रिय रहेको हुन्छ । सपना देख्नु र स्मरण गर्न सक्नु या बिर्सनु हाम्रो सुत्ने तरिका र अवचेतन मनमा निर्भर गर्नेसमेत बताइन्छ । सपना रेपिड आइ माोभमेन्ट -Rapid Eye Movement (REM)- अर्थात तिव्र आखा झिम्कनुसँग अरु कारण भन्दा बढी सम्बन्धित रहेको बताइन्छ । याे पक्रियाले हामीलाई कहिकतै बिउझैँ रहेको जस्तो महशुससमेत गराएको हुन्छ ।
आरईएम (REM) का बेला स्वास-प्रस्वासको गति र सर्कुलेसन तिव्र हुन्छ जसका कारण शरिर प्यारेलाइजड अवस्थामा पुग्छ । यो अवस्थालाई एन्टोनीयासमेत भनिन्छ । निद्राको बेला यो ९० मिनेटको समयान्तमा यस्ताे हुन्छ, फलस्वरुपम हामी सपना देख्छौँ । आरईएमका बेला शरिरका केही ठाँउमा बढी रक्तसञ्चार बढी हुन्छ ।जब सपना देख्न सुरू हुन्छ अाखाकाे कर्टेक्सले हाम्रो सपनालाई कन्टेन्टको रुपमा राख्छ र लीम्बीक सिस्टमले इमोसनहरुलाई व्यत्त गर्छ । जब हामी निद्रा र सपनाको साधारण अवस्थामा हुन्छौँ सो क्रममा त्यहाँ कर्टेक्स र लिम्बीकमा अत्याधिक विद्युत गतिविधि हुन्छ । जसका कारण हामी सपनाका गतिविधीलाई देखेजस्तै गरी स्मरण गर्न सक्छौँ । जुन सपनाको स्ट्रक्रचर-बनावट क्लियर हुन्छ त्यो सपना सम्झन बढी सजिलो हुने एक साइक्लोजिस्ट डिदिरे बैरेट बताउँछन् ।
स्विरल्याण्डका निद्रा सम्बन्धी अध्यन गर्ने डाक्छर फ्रान्सेस्सी सिसलिरीले भनेका छन्, सपनाको कुराहरु र यर्थाथ दैनिककी फरक कुरा हो । यदि कसैले यर्थाथ दैनिकी झैँ सपनाको कुराहरुलाई सम्झने हो भने उ यर्थाथ र सपनामासमेत कन्फ्युज हुनेछ । त्यसकारण सपना सम्झनामा कम रहन्छ र नरहने पनि गर्छ ।
त्यसबीच नोराड्रिनालीन हार्माेन जस्ले हाम्रो शारिर र मष्तिस्कलाई कामको लागि उक्साउछ । त्यसले सपनाका क्रममा रहेका तस्विरहरुलाई कैद गरेर राख्नसमेत मद्दत गर्ने गर्छ । तर जब हामी आरईएम निद्रामा हुन्छौँ त्यसक्रममा यस्को मात्रा मष्तिस्कमा कम हुन्छ । साधारणतया हामी आरईएम निद्रामा अत्यन्तै स्पष्ट रूपमा सपना देख्छौं, जुन बेला मस्तिष्कमा नोराड्रिनालीन को स्तर कम हुन्छ ।
प्रायं सपना बिहानको समयमा देखिन्छ । त्यसबेला हामी आफ्नो आर्लामको आवाजले एक्कसी बिउझिन्छौँ र त्यस क्रममा नोराड्रिनालीनको मात्रै एक्कसी तिव्र रुपमा सक्रिय हुन्छ र हामी सपनालाई बिर्सीन्छौँ । त्यति मात्रै नभएर जब धेरै कोलाहट-ध्वानीको अवस्थामा पनि सुन्छौँ र छिटो पनि सुत्छौँ त्यति सपना बिर्सीने सम्भावाना बढी हुन्छ । अर्काे कुरा बिहान एक्कासी बिउँझिदासमेत हामी सपना बिर्सीन्छौँ ।
केही सपनाहरु जब हामी कुनै कुराको प्राप्तिका लागि सोच्छौँ र जागरण अवस्थामा नै निद्रामा पुग्छौँ त्यो सुरुवाति अत्यधिक इच्छाको चरणबाटै देखिएको सपना धेरैलाई निकै राम्रो किसिमले स्मरण हुन्छन् । यस्ता सपनाहरुलाई सम्मोहनशील सपनाहरु भनिन्छ । तर यस्तो निद्रापछि बाकी निद्रा चक्रको कुनै कुरा भने थाहा नहुने बताइन्छ ।
कसरी सम्झन सकिन्छन् त सपनाहरु : जुन मान्छे बिहान बेडबाट निश्केर सिधैँ काममा जान्छन् । उनीहरुले सबैभन्दा कम सपना सम्झन सक्छन् । शुक्रबार र सनिबार भने सपना सम्झनको लागि उचित हुनसक्छन् । त्यस्तै जब निद्रा खुल्छ तब निद्रामा नै भए जस्तो गरेर आखासमेत नखोलेर सपनामा भएको कुरा सम्झने कोशिस गरियो भने सपना सम्झन सकिने बताइन्छ । धेरै पानि पिएर राति बीचमा बिउझिएको क्रममा पनि सपना सम्झन सकिने बताइन्छ । जे भए पनि सपना जिवनको लागि एक रमाइलो कुरा हो तर नसम्झिएर नहुने भने हैन् । -एजेन्सी ।

प्रतिक्रियाहरु

[anycomment]