सूर्यग्रहण सुरु

२०७६ पुष १० गते, बिहीबार

काठमाडौँ, १० पुष । आज खण्डग्रास सूर्यग्रहण लागेको छ । नेपालमा ८ः३३ बजे महेन्द्रनगरबाट सुरू भएको सो ग्रहण ८ः४८ मिनेटमा भद्रपुरबाट सूर्यग्रहण देखिएको र काठमाडौँमा भने ८ः४३ बजे देखिएको बताइएको छ ।
बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जर्भेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिका निमित्त कार्यकारी निर्देशक डा सनतकुमार शर्माका अनुसार आजको सूर्यग्रहण विरलै मात्र देखिने निकै दुर्लभ हो । सूर्य ग्रहण बिहान साढे बजे सुरु भइसकेको छ । नेपालमा ८ः३३ बजे महेन्द्रनगरबाट सुरू भएको सो ग्रहण ८ः४८ मिनेटमा भद्रपुरबाट सूर्यग्रहण देखिएको र काठमाडौँमा भने ८ः४३ बजे देखिएको डा शर्माको भनाइ छ । डा शर्माका अनुसार आजको खण्डग्रास सूर्यग्रहण दुर्लभ हुनुको कारण भने यस समयमा चन्द्रमा पृथ्वीभन्दा निकै टाढा रहेकोले हो । यस अवस्थामा चन्द्रमाले सूर्यलाई पूरा नभई आधाजति मात्र ढाक्छ र चुराजस्तो आकारमा सूर्यको बाहिरी घेरा मात्र देखिन्छ । कालो चश्माबाट हेर्दा त्यो सुनको बालाजस्तो देखिन्छ तर बीचको भाग भने केही देखिँदैन ।

प्रतिक्रियाहरु

[anycomment]