पुरुषका लागि गर्भनिरोधक सुई !
काठमाडौँ , १२ पुष । भारतीय अनुसन्धानकर्ताले जन्मान्तर गराउन पुरुषका लागि गर्भनिरोध सुई बनाएका छन् । उनीहरूका अनुसार उक्त इन्जेक्सन लगाएपछि १३ वर्षसम्म काम गर्नेछ। अनुसन्धानकर्ताहरूका अनुसार आवश्यकताअनुसार इन्जेक्सनको प्रभावलाई चाहेको समयमा हटाउन सकिनेछ। सो सुई अन्तिम चरणमा रहेको छ । इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर) ले सम्पूर्ण ट्रायल सकिएको र त्यो सफल भएको बताएको छ। अब केही समयपछि नै यो सुईले स्वीकृति पाएपछि बजारमा आउने सम्भावना रहेको बताइएको छ । – राजधानी दैनिकवाट