कर्मचारीलाई हजार डलरका दरले बोनस !
काठमाडाैँ, ५ चैत । फेसबूकले कोरोना भाइरसको महामारी विश्वभर फैलिएको बेला पनि काम सघाएको भन्दै आफ्नो कर्मचारीलाई बोनस दिने भएको छ । चीनबाट फैलिएको कोरोना भाइरसको त्रासकाबीच घरमै बसेर सक्रिय रुपमा काम गर्ने कर्मचारीहरुलाइ प्रतिव्यक्ति एक\एक हजार डलर बोनस दिने भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । बोनस दिने घोषणाबारे कार्यकारी प्रमुख मार्क जुकरवर्गले आन्तरिक रुपमा जारी गरेको परिपत्रमा उल्लेख गरिएकाे जनाइएको छ । फेसबूका ४५ हजार कर्मचारी रहेपनि पूर्णकालीन कर्मचारीहरुलाइ मात्रै बोनस यो बोनस दिने भएको बताइएको छ । -एजेन्सी