मेघगर्जन र हुरीबताससहित पानी पर्ने सम्भावना
काठमाडाैं, २ वैशाख । मौसमविद्ले आज पहाडी क्षेत्रका धेरै ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी पर्नेबताएका छन् । पश्चिमी वायुको प्रभावले देशभरिकै मौसम बदली भइ पहाडी क्षेत्रका धेरै ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी पर्ने सम्भावना रहेको मौसमविदहरूले जनाएका छन् । अहिले बदली भए पनि दिउँसो केही ठाउँको मौसम एकैछिन खुल्नेछ । आज देशभरिकै मौसम पूर्णरुपमा खुल्ने सम्भावना भने निकै कम रहेको छ ।
पहाडी क्षेत्रमा भने आज बेलुकीसम्म नै पानी पर्दै रोकिने क्रम चलिरहने पूर्वानुमान छ । पश्चिमी वायु कमजोर हुँदै जाने भएकाले राति पानी पर्न केही कम हुनेछ । बिहान खुलेको मौसम दिउँसोपछि बदली भइ बेलुकीतिर चट्याङ र हुरीबताससहित पानी पर्नु प्रिमनसुनको विशेषता हो । अहिले प्रिमनसुन चलिरहेको छ । पश्चिमी वायुकै प्रभावले आज बिहानै काठमाडाैं उपत्यकासहित केही ठाउँमा पानी परेको थियो ।