विश्वकै ठूलो एभरगार्ड फुटबल रंगशालाको निर्माण कार्य सुरु
काठमाडौँ , ६ वैशाख । चीनमा विश्वकै ठूलो एभरगार्ड फुटबल रंगशालाको निर्माण कार्य सुरु गरिएको छ ।चिनियाँ सुपर लिग क्लब गोन्जाओ एभरगार्डले रंगशालाको निर्माण कार्य सुरु गरेको हो । चीनमा अहिले कोरोना भाईरसको संक्रमण कम हुँदै गएपछि गोन्जाओले आफ्नो घरेलु रंगाशालाको निर्माण थालेको हो ।
कुल १ लाख सीट क्षमताको एभरगार्ड रंगशाला सन् २०२२ सम्म सक्ने लक्ष्य छ । रंगशालामा १ सय ६८ भीआईपी बक्स रहने रंगशाला निर्माणको अनुमानित बजेट १ दशमलब ३६ विलियन पाउण्ड छ । रंगशाला गुलाफ फुलको आकारमा निर्माण हुनेछ । – एजेन्सी