संसद बैठक भिडियो कन्फेरेन्सबाट
काठमाडौं, ११ वैशाख । कोरोना भाईरसका कारण बेलायतको संसदको तल्लो सदनको बैठक भिडियो कन्फेरेन्सका माध्यमबाट गरिएको छ । हाउस अफ कमन्न्सको प्रधानमन्त्रीलाई प्रश्न सत्र भिडियो कन्फेरेन्सका आधारमा गरिएको हो । यसमा दर्जनौ सांसदहरु आफ्नो आफ्नो च्याम्बरबाट सहभागी भएका थिए भने कतिपय सामाजिक दुरी कायम गर्दै सदनमै पनि उपस्थित भएका थिए । कतिपयले भनेर घरैमा बसेर पनि सदनको बैठकमा भाग लिएका थिए ।
यसैबीच प्रधानमन्त्री बोरीस जोनसोन कोरोना संक्रमणले विरामी भएर निको भए पनि अझै क्वारेन्टाईन बसिरहेकाले कार्यबाहक प्रएजेन्सी धानमन्त्री तथा विदेशमन्त्री डोमिनिक राबले विपक्षी सासदहरुले उठाएका प्रश्नको जवाफ दिएका थिए ।- एजेन्सी