चीनद्वारा कोरोनाको उदगम् स्थल वुहानमा स्वतन्त्र अनुसन्धान गर्ने प्रस्ताव अस्वीकार

२०७७ बैशाख १३ गते, शनिबार

काठमाडाैं, १३ वैशाख । चीनले कोरोना भाइरसको उदगम् स्थल वुहानमा स्वतन्त्र अनुसन्धान गर्ने आग्रह अस्वीकार गरेको छ । बेलायतमा रहेका चिनियाँ उच्च कूटनीतिज्ञ चेन वेनले यस्ता माग राजनीतिक प्रेरित रहेको भन्दै यसले कोरोना महामारीविरुद्धको चीनको लडाईँलाई कमजोर पार्ने बताए । अमेरिका लगायत पश्चिमा मुलुकहरुले चीनमाथि कोरोना भाइरसको संक्रमण फैलिएपछि सुरुमै जानकारी नदिएको र नियन्त्रणका लागि पारदर्शी प्रक्रिया नअपनाएको आरोप लगाइंदै आएको छ ।
गत वर्षको डिसेम्बरमा चीनको वुहान शहर स्थित वेट मार्केटबाट कोरोना भाइरसको संक्रमण फैलिएको अनुमान गरिर्दै आएको छ ।
यसैबीच युरोपियन युनियनको प्रतिवेदनमा पनि चीनले कोरोना भाइरससँग सम्बन्धित गलत सूचना प्रवाह गरेको आरोप लगाइएको छ । यस्तै रसियाले पनि गलत सुचना प्रवाह गरेको प्रतिवेदनले संकेत गरेको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोना भाइरसको संक्रमण र नियन्त्रणमा चीनले पारदर्शीता नपाएको आरोप लगाउंदै आएका छन् ।-एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]