‘डब्लुएचओको चेतावनीलाई बेवास्ता गर्दा यो अवस्था आयो’

२०७७ बैशाख १६ गते, मंगलवार

काठमाडौं, १६ वैशाख । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले संक्रमण सुरु भएदेखि नै दिएको चेतावनीलाई विश्वभरका देशले बेवास्ता गर्दा अहिलेको अवस्था आएको बताएका छन् । उनले जनवरीको अन्तिममा ’सार्वजनिक स्वास्थ्य संकटकाल’ घोषणा गरिएका बेला डब्लुएचओको चेतावनीलाई बेवास्ता गर्दा अहिलेको अवस्था आएको बताए ।
महानिर्देशक गेहब्रेयससले सबै मुलुकलाई जनस्वास्थ्यबारे एउटा व्यापक दृष्टिकोण बनाउन सल्लाह दिनुका साथै खोजी, परीक्षण, आइशोलेसन थाल्न भनेको पनि स्मरण गराए । त्यो सुझाब पालना गर्ने देशहरु अन्य देशको तुलनामा राम्रो अवस्थामा रहेको डा. टेड्रोसको भनाइ छ ।
डब्लुएचओले चेतावनी दिने समयमा चीन बाहिर जम्मा ८२ वटा मात्र सङ्क्रमण भेटिएका थिए र कसैको पनि मृत्यु भएको थिएन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लूएचओले कोरोना भाइरसलाई लिएर लापरबाही गरेको र भाइरस फैलिएको कुरालाई लुकाएको आरोप लगाउदै आएका छन । सोही कारण देखाउदै उनले विश्व स्वास्थ्य सङ्गठनले पाउने अमेरिकी आर्थिक सहायता समेत रोकेका छन् । -एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]