आज विश्व वातावरण दिवस

काठमाडाैँ, २३ जेठ । आज ५ जून अर्थात विश्व वातावरण दिवस । पर्यावरण प्रति विश्व जगतमा सचेतना जगाउने उद्देश्य अनुरुप संयुक्त राष्टसंघको आह्वानमा सन् १९७३ देखि प्रत्येक वर्ष ५ जूनमा विश्व वातावरण दिवस मनाउने गरिन्छ । विश्व वातावरण दिवस नेपालमा पनि मनाइँदैछ । विगत वर्षमा विभिन्न कार्यक्रमको आयोजना गरी विश्व वातावरण दिवस मनाइने गरे पनि यस वर्ष औपचारिक कार्यक्रम प्रभावित भएका छन् । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण यो वर्ष भर्चुअल छलफल गरी वातावरण दिवस मनाइँदैछ । यस वर्षको विश्व वातावरण दिवसको नारा ‘सुरक्षित जीवनका लागि जैविक विविधता’ रहेको छ ।