‘मानव स्वास्थ्यका लागि विश्वव्यापी ऐक्यवद्धता नभएसम्म कोरोना अन्त्य नहुने’

२०७७ जेष्ठ २५ गते, आईतवार

काठमाडौं, २५ जेठ । संयुक्त राष्ट्रसंघीय विकास नीति सम्बन्धी समितिकी सदस्य साकिको फुकुदा–पाराले राजनीतिक स्वार्थ र व्यक्तिगत हितलाई पाखा लगाएर मानव स्वास्थ्यका लागि विश्वव्यापी ऐक्यवद्धता नभए कोरोना भाइरस अन्त्य नहुने बताएकी छन । उनले कोरोना भाइरसको महामारी अन्त्यका लागि सबैमा खोपको पहुँजमा नपुगेसम्म कोरोना भाइरस संसारबाट अन्त्य नहुने बताएकी हुन । उनले कोरोना भाइरसलाई संसारबाट विदा गर्न विश्वका सबै मुलुक नि:स्वर्थ तवरले खोपको बिकासका साथै त्यसको उत्पादन वितरण जस्ता कार्यमा सहकार्य गर्ने गरी एकजुट हुनु पर्ने बताएकी छन् ।
कोरोनाको निर्मूलनका लागि विश्वभरका बैज्ञानिकहरु खोप बनाउने प्रयासमा लाग्नु अति सराहनीय काम भन्दै उनले भनेकी छन् , ‘वैज्ञानिकहरु अति तीव्र गतिमा खोप बनाउने प्रयास गरिरहेका छन्, जुन अति राम्रो हो । तर खोप बने पनि महामारी नियन्त्रणमा आउँदैन । महामारी अन्त्य हुनका लागि खोपमा सबैको पहुँच सहज रुपमा हुनु पर्छ । सबै देशका नागरिकले खोप पाउनु पर्छ ।’ अहिले विश्वका धेरै मुलुकले कोरोना भाइरसको खोप विकास गरेको दावी गरिरहेका छन् । रुसले यसबिरुद्धको खोप बिकास गरिसकेको दावी प्रयोग गर्न समेत त्यहाँको सरकारले अनुमती दिइसकेको जनाएको छ । उसले यही यो वर्षको अन्त्य सम्मा बजारमा ल्याउने उल्लेख गरेको छ । यता कोरोना भाइरसको उद्गम मुलुक चीनले पनि कोरोना बिरुद्धको औषधि बनेको दावी गर्दै विश्वलाई नै सबैभन्दा पहिला वितरण गर्ने बताउदै आएको छ ।
पछिल्लो समय विश्वकै शक्तिशाली राष्ट्र अमेरिकाले पनि कोरोना बिरुद्धको खोप धेरै संख्यामा तयार भइसकेको जनाउदै आएको छ । कोरोना भाइरसले हालसम्म संसारमा ४ लाखभन्दा बढीको ज्यान गइसकेको छ भने झण्डै ७० लाग यसबाट संक्रमित भएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]