कोरोना भाइरसबिरुद्धको खोप जुलाइदेखि बृहत परीक्षणमा ल्याइने

२०७७ जेष्ठ ३० गते, शुक्रबार

काठमाडौँ, ३० जेठ । मोदेर्नाले कोरोना भाइरसबिरुद्धको खोप आगामी जुलाईदेखि परीक्षण गर्ने भएको छ । अमेरिकाको औषधि उत्पादक सो कम्पनीले अहिलेसम्म गरिएको दुई चरणले सकारात्मक नतिजा दिएको जानकारी दिदै भनेको छ- ‘अहिले पनि कोभिड १९ बिरुद्धको खोप विकासको काम भइरहेको छ, यसको बिस्तारित वृहत परीक्षण आउँदो जुलाईदेखि सुरु गर्छौ ।’
मोदेर्ना कम्पनीले बिकास गरिरहेको खोपले पहिलो र दोस्रो सकारात्मक नतिजा दिएको दावी गर्दै अब तेस्रो चरणको परिक्षणकाे तयारी भैरहेकाे बिहीबार जनाएको हाे। त्यसका लागि ३० हजार मानिस खोप लिन तयार रहेको जनाएको छ ।
पहिलो पटक बिकास हुँदै गरेको यो औषधि प्रयोगपछि कोरोना भाइरस सँगै गम्भीर रोग लाग्नबाट जोगाउने र मानिसलाई अस्पताल जान पर्ने अवस्था नआउने बनाउनु प्रमुख उदेश्य राखेर यसको बिकास भैरहेको कम्पनीले उल्ल्लेख गरेको छ । साथै अन्तिम चरणको परीक्षणका लागि १०० ग्राम डोजको खोप बनाइएको मोदेर्नाले जनाएको छ ।
यो डोजले व्यक्तिको प्रतिरोधात्मक क्षमता बढाउने र गम्भीर साइड इफेक्ट्स नहुने जनाइएको छ । सफल भए प्रतिवर्ष खोपको ५० करोड डोज आपूर्ति गर्ने गरी उत्पादन हुने जनाएको छ । मोदेर्नाले स्वीडिस औषधि उत्पादक लोन्जासँगको सहकार्यमा औषधि बिकास गर्ने काम गरिरहेको छ । सम्भव भए अमेरिकाले यहि वर्षको अन्त्यसम्ममा १ अर्ब खोपको डोज उत्पादन गर्ने लक्ष्य राखेको बताइएको छ । -एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]