मौसम विभागद्वारा बाढी-पहिरोबाट सतर्क रहन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आजपनि मुलुकका केही भागमा भारी वर्षाहुने जनाएको छ । विभागले मुलुकका धेरै स्थानमा हल्का देखि मध्य वर्ष हुने तथा केही भागमा भने भारी वर्षाको सम्भावना रहेको बताएको छ । काठमाडौं उपत्यकामा आज विहानैबाट भारी वर्षा भइरहेको छ । राति पनि मध्य वर्षा भएको थियो । मौसमविदहरुका अनुसार आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनेछ ।
बिशेषगरी प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५, गण्डकी प्रदेशका केही स्थानहरुमा साथै सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । यसका कारण बाढी, पहिराे र तराइ क्षेत्रमा डुवानकाे सम्भावना रहेकाले जनधनकाे क्षतिहुनबाट अग्रिम सतर्क रहन विभागले जनाएको छ ।
त्यस्तैगरी आज राति देशभर पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेश केही स्थानहरुमा साथै कर्णाली प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाकोसमेत सम्भावना रहेको छ।
यही क्रममा वर्षा जारी रहे मुलुकका नदी, खोला नाला, तालमा पानीको मात्रा बढ्ने हुनाले बाढी पहिरोको जोखिम झनै बढ्नेछ । काठमाडौं उपत्यकाका नदीहरु बाग्मति बिष्णुमति जस्ता नदीको बहाब बढ्नाले आसपासमा क्षेत्र ढुवानमा पर्ने खतरा रहेको छ । कमजोर भू वनावट आसपासका बस्ती पहिरोको जाखिम बढ्ने हुनाले उच्च सतर्कता अपनाउन मौसमविदहरुले आग्रह गरेका छन् ।