मौसम पुर्वानुमान : मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाकाे संभावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले नेपालमा पुन: जलवाष्पयुक्त हावा भित्रिएकोले मुलुकभर सामान्य देखि भारी वर्षा र केही ठाउँमा चट्याङसमेत पर्ने जनाएको छ । बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभाबका कारण जलवाष्पयुक्त हावा नेपालमा भित्रिएको हो । आगामी ३ दिनको मौसम पूर्वानुमान गर्दै विभागले हाल देशभर आंसिक देखि समान्य बदली भइरहेको जनाएको छ । बिभागका अनुसार दिउFसो पनि देशभर आंसिक देखि समान्य बदली रही भारी बर्षाका साथै केहि स्थानहरुमा मेघगर्जन चट्याङ्गसहित पर्ने भएकाले सतर्क रहन विभागले आग्रह गरेको छ । त्यस्तैगरी आज राती देशभर सामान्यतया बदली रही केहि स्थानहरुमा मेघगर्जन\चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।
त्यस्तै, सोमबार अर्थात भाद्र १ गते दिउँसो देशभर सामान्यतया बदली रही केहि स्थानहरुमा मेघगर्जन\चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सोमबार राती पनि देशभर सामान्यतया बदली रहने छ । धेरै स्थानहरुमा मेघगर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश ३ ,गण्डकी प्रदेश, सुदुर पश्चिम प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको बताइएकाे छ ।
त्यस्तै,भाद्र २ गते मंगलबार पनि देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । मंगलबार राती भने मुलुकका धेरै स्थानहरुमा मेघगर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। राती नै गण्डकी प्रदेश, सुदुर पश्चिम प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका १ र२ स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।