देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका विभिन्न स्थानमा सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको छ । विभागका अनुसार अहिले देशका अधिकांश स्थानमा आंशिक देखि सामान्य बदली रहेको जनाइएको छ । अहिले मनसुन न्युन चापीय रेखा नेपाल भन्दा दक्षिणतर्फ तर्फ रहेको छ । अहिले देशभर सामान्य बदली रही केही स्थानमा हल्का पानी परिरहेको छ । आज दिउँसोपछि देशका केही स्थानमा बदली रही हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको छ साथै प्रदेश न. १ का केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको छ ।
आज राति पनि देशभर सामान्यतया बदली रही केही स्थानमा पानी पर्ने सम्भावना रहेको छ भने सुदुर पश्चिम प्रदेशका केही स्थानमा बदली रही ठुलो पानी पर्ने सम्भावना रहेको मौसम विभागले जनाएको छ ।