विश्वकै ठूलो इन्जिन भएको बाइक बजारमा !

२०७७ भाद्र २७ गते, शनिबार

काठमाडौं । भारतिय बजारमा विश्वकै ठूलो इन्जिन भएको २५०० सीसीको बाइक आएको छ । ट्रायम्फ मोटरसाइकल इन्डियाले ट्रायम्फ रकेट ३ जीटी लन्च गरेको हो । १८ लाख ४० हजार भारु मूल्य तोकिएको बाइक २५०० सीसी, इनलाइन ३ सिलिन्डर इन्जिन समावेश छ ।
विश्वको सबैभन्दा ठूलो इन्जिन राखिएको बाइक बढी पिक टर्क जेनेरेट गर्न सक्ने क्षमता छ । ६ स्पिड गियरबक्स रहेको यसमा राइडर र पछिल्लो भागको यात्रुका लागि एड्जस्टेबल फुटपेग्स र एड्जस्टेबल ब्याकरेस्ट राखिएको छ । महँगो गाडीमा जस्तै यसमा क्रुज कन्ट्रोल र हिल होल्ड कन्ट्रोल जस्ता फिचर समावेश छ । भारतमा यही सिरिजको रकेट ३ आर १८ लाख भारुमा भारतमा विक्री भइरहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]