चिनिया यानले चन्द्रमाबाट चट्टान लिएर फर्कियो

काठमाडौं । चीनको चाङ इ–फाइभ यानले चन्द्रमाको सतहबाट केही चट्टान लिएर पृथ्वीमा फकिएको बताइएको छ । चाङ इ–फाइभ यान स्थानीय समय अनुसार बुधबार मंगोलियाको भितारी क्षेत्रमा अवतरण गरेको बीबीसीले उल्लेख गरेको छ । गत नोभेम्बर २४ मा चीनले सो यान दक्षिण चीनको वेनचाङ स्टेशनबाट प्रक्षेपण गरेको थियो ।
चीनले जारी राखेको अनुसन्धानका क्रममा ४० वर्षपछि चन्द्रमामा रहेका नमूना अनुसन्धानका लागि पृथ्वीमा ल्याउन सफल भएको हो । चाङ इ–फाइभ यानले पाँच किलो वजन भएको नमूना पृथ्वीमा ल्याएको बताइएको छ ।
यसअघि रुसले सन् १९७६ मा लुना–२४ मिशन यानमार्फत चन्द्र सतहको २ सय ग्राम माटो पृथ्वीम ल्याएको थियो । त्यसअघि अमेरिकाको एपोलो ११ यानले पनि चन्द्रमाको सहतहबाट ढुंगा र मोटाको नमूना ल्याएको बताइएको छ । – एजेन्सी