चीनले १० लाख जनालाई कोरोनाविरुद्धको खोप लगायो

२०७७ पुष ८ गते, बुधबार

काठमाडौं । चीनले पनि आफैं तयार पारेको भ्याक्सिन सर्वसाधारणलाई लगाउन सुरु गरेको छ । चीनका भ्याक्सिन स्टेट काउन्सिलका प्रमुख झेंगका अनुसार चीनका १० लाख जनालाई भ्याक्सिन लगाइएको र यसमा कुनै त्रुटी भेटिएको छैन । केही व्यक्तिलाई सामान्य असर गरेपनि यसले गम्भीर असर नगरेका कारण अब चीनका हरेक नागरिकलाई भ्याक्सिन उपलब्ध गराइने झेंगको भनाइ छ । भ्याक्सिन लगाइएका १० लाख मध्ये ६० हजार कोरोना भाइरसको उच्च जोखिममा रहेका व्यक्तिहरु रहेकोमा एकाधलाई केही असर देखिएको बताइएको छ ।
चीनमा हाल तीन कम्पनीले भ्याक्सिन तयार पारिरहेको छ । जसमा सिनोफार्म एण्ड सिनोभ्याकले तयार पारेको भ्याक्सिन चीनबाहेक अन्य राष्ट्रहरुमा पनि ट्रायलको रुपमा रहेको छ । युएई, ब्राजिल, टर्की, इन्डोनेशिया, बहराइनमा पनि चीनको सिनोफार्म एण्ड सिनोभ्याकले तयार पारेको भ्याक्सिन ट्रायलको रुपमा प्रयोग गरिएको छ । विश्वमा फाइजर र मोर्डनाको भ्याक्सिन प्रयोगमा आइरहेकोमा चीनले यो भ्याक्सिनले पनि मान्यता पाउने दाबी गरेको छ । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]