ट्रम्पको फेसबुक र ट्विटर एकाउण्ट बन्द

काठमाडौं । फेसबुकले २४ घण्टाका लागि र ट्विटरले १२ घण्टाका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एकाउण्ट बन्द गरेको छ । दुवै कम्पनीले आफ्नो कम्पनीको निती विपरित भएको भन्दै ट्रम्पको एकाउण्ट बन्द गरेको हो । फेसबुकले लेखेको छ, ‘राष्ट्रपति ट्रम्पले फेसबुकको दुई नितिको उल्लघंन गरेका छन् जसका कारण उनको एकाउण्ट २४ घण्टाका लागि बन्द गरिएको छ यानेकि उनले कुनै पोष्ट गर्न पाउने छैनन् । ‘
ट्विटरले पनि वासिङ्गटन डिसीमा देखिएको हिंसात्मक गतिविधिलाई हेर्दा ट्रम्पका तीनवटा ट्विटस हटाउनु पर्ने देखिएको बताएको छ । ट्विटरले लेखेको छ, ‘ती ट्विटसले हाम्रो संस्थाको ‘सिविक इंटेग्रिटी पेलिसी’ उल्लघंन गर्छ ।’
ट्विटरले तीन ट्विटस नहटाए ट्रम्पको एकाउण्ट सधैका लागि लक हुने समेत चेतावनी दिएको छ । – एजेन्सी