चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडाैँ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले मुलुकभर पश्चिमी वायुको प्रभाव देखिएको बताएको छ । साेही वायुका कारण माैसममा बदली भएर वर्षा हुने सम्भावना बढेकाे छ । महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही देशका थोरै स्थानहरुमा हल्का वर्षा भएको छ । आज दिउँसो दिनभरि नै मुलुकभर आंशिकदेखि सामान्य बदली रहने छ ।
देशको पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे । उच्च पहाडी तथा हिमाली भू–भागहरुमा हल्का हिमपातको सम्भावना समेत रहेको छ ।
आज राति गण्डकी, बागमती र प्रदेश नं १ मा आंशिकदेखि सामान्य बदली रहने र बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने जनाइएकाे छ । गण्डकी, बागमती प्रदेश र प्रदेश नं १ को पहाडी भू-भागका एक दुइ स्थानमा मेघ गर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।
विभिन्न क्षेत्रमा मेघ गर्जन, चट्याङ, हावाहुरीसहित वर्षा तथा हिमपातकाे समेत सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।