आगामी ३ दिन मौसम अति प्रतिकुल रहने : सतर्कता अपनाउन आग्रह

२०७८ जेष्ठ ५ गते, बुधबार

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले जेठ ७ गतेसम्म मौसम प्रतिकुल रहने अनुमान गरेकाे छ । अरब सागरमा विकसित सामुद्रिक आँधीको प्रभावले आज दिउँसोबाट देशभर सामान्य देखि पूर्ण बदली रहने पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका र बाँकी प्रदेशको पहाडी भू-भागका केही स्थानहरुमा ३ दिसम्म मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको भनाइ छ ।
त्यस्तै कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको जनाइएको छ । उच्च हिमाली भू(भागका केहि स्थानहरूमा हल्का देखि मध्यम हिमपातर वर्षाको सम्भावना छ।
बिहीबार दिउँसो देखि रातिसम्म कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश को केही स्थानमा स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
उच्च हिमाली भू-भागका अन्य स्थानहरुमा हल्का देखि मध्यम हिमपातरवर्षाका साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च हिमाली भू(भागका को थोरै स्थानमा साथै अन्य प्रदेशको १र२ स्थानमा भारी हिमपातको सम्भावना रहेको जनाइएको छ ।
त्यस्तै शुक्रबार पनि कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका र बाँकी प्रदेशको पहाडी भू(भागका केही स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । वर्षा र उच्च हिमाली भू-भागका केहि स्थानहरूमा हल्का देखि मध्यम हिमपात हुने भएकाले खोलानालाहरुमा जलप्रवाह बढोत्तरि हुने, यातायत क्षेत्र समेत प्रभावित हुने संभावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसमविदहरुले आग्रह गरेका छन् । शुक्रबार रातिबाट भने सामुन्द्रीक आँधिको प्रभाव कमजोर हुदै जाँदा मौसममा सुधार आउने मौसमविदहरुले अनुमान गरेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]