मंगल ग्रहको सतहमुनि ठूलो जलाशय !

काठमाडौं । वैज्ञानिकहरूले मंगल ग्रहको सतहमुनि एउटा ठूलो जलाशय फेला पारेका छन् । मंगल ग्रहको खोजी गरिरहेको ट्रेस ग्यास अर्बिटर (टीजीओ) ले यो जलाशय पत्ता लगाएको हो । यो पानी ग्रहको भ्यालेस मरिनेरिस क्षेत्रमा ग्रहको माथिल्लो सतहको तल थियो । इन्डिया टुडेको रिपोर्ट अनुसार यो जलाशय ४५ हजार वर्ग किलोमिटरमा फैलिएको छ । यो लगभग भारतको हरियाणा राज्य र नेदरल्याण्ड देश जत्तिकै ठूलो छ । अन्तरिक्ष यानमा राखिएको फाइन रिजोल्युसन एपिथर्मल न्यूट्रोन डिटेक्टर (फ्रेन्ड) टेलिस्कोपले यो खोज गरेको हो ।
फ्रेन्ड टेलिस्कोपले भ्यालेस मरिनेरिस क्षेत्रमा ठूलो मात्रामा हाइड्रोजन फेला पारेको थियो । यो अनुमान गरिएको थियो कि यी हाइड्रोजनहरू पानीको अणुहरूमा संलग्न हुनेछन्।
अहिलेसम्म अनुसन्धानकर्ता र वैज्ञानिकहरूले मंगल ग्रहको ध्रुवीय क्षेत्रहरूमा मात्रै अनुसन्धान गरिरहेका थिए, जहाँ पानी बरफको रूपमा रहेको छ । यस खोजले अनुसन्धानकर्ता र वैज्ञानिकहरूको अनुसन्धानको दायरा विस्तार गर्यो । मंगल ग्रहको भूमध्य रेखामा पानीको बरफ पनि पुष्टि भएको छ । रुसी एकेडेमी अफ साइन्सेस, मस्कोको स्पेस रिसर्च इन्स्टिच्युटका इगोर मित्रोफानोभका अनुसार टीजीओको सहयोगमा यो ग्रहको धुलो माथिल्लो सतहबाट करिब १ मिटर तल देख्न सकिन्छ । पहिले यो सम्भव थिएन । यो तथ्य पत्ता लागेपछि बैज्ञानिकहरु त्यहाँ जीव रहेको आशंका गरेका छन् । मानिस वा मानिस जस्तै अरु केही जीवहरु रहेको हुनसक्ने भन्दै खोजीलाई अझै व्यापक बनाइएको छ ।