अमेजनलाई २ अर्ब भारु जरिवाना !

२०७८ पुष ३ गते, शनिबार


काठमाडौँ । अमेरिकी ई–कमर्स कम्पनी अमेजनलाई भारतमा ठूलो जरिवाना लागेको छ । कम्पनीको भारतमा रहेको शाखालाई भारतको प्रतिस्पर्धा आयोगले २ अर्ब २ करोड भारु बराबरको जरिवाना लगाउने निर्णय गरेको हो । अमेजनले बजार प्रतिस्पर्धाका विभिन्न नियम उल्लंघन गरेको भन्दै उक्त ठूलो मात्राको जरिवाना लगाइएको हो । आयोगले करिब दुई वर्षअघि फ्युचर कुपन्स प्रालि र अमेजनबीचको सम्झौतालाई दिएको अनुमति पनि खारेज गर्ने निर्णय गरेको भारतीय सञ्चामाध्यमहरुले बताएका छन् ।
सन् २०१९ मा उक्त भएको सम्झौताअनुसार अमेजनले फ्युचरलाई आफ्नो ४९ प्रतिशत शेयर बेच्नुपर्ने थियो । तर उक्त सम्झौतामा गलत सूचना राखिएको भन्दै खारेज गरिएको हो । सो सम्झौतामा गलत सूचना दिएको पाइएमा कुनै पनि समयमा अनुमति रद्द गर्न सकिने शर्त राखिएको थियो । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]