चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून प्रणालीको प्रभाव रहेको र आज बिहान देशको पहाडी भू–भागमा आंशिक बदलीका साथै तराईका केही भू–भागमा भने हुस्सु–कुहिरो लागेको छ भने बाँकी भू–भागमा भने मौसम सामान्यतया सफा रहेको जनाएको छ । त्यस्तै,आज दिउँसो भने देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । देशको पहाडी भू–भागको केही स्थानहरुमा मेघगर्जन-चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा भने हल्का हिमपातको समेत सम्भावना रहेको मौसम पूर्वानुमान हाशाखाले जनाएको छ । त्यस्तै,आज राती भने देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली हुने छ । बाँकी भू–भागमा भने मौसम सामान्यतया सफा हुने छ । देशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन-चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।