एलन मस्कद्वारा ट्वीटर खरिद

काठमाडौं । विश्वका धनाढ्य एवं टेस्ला कम्पनीका मालिक एलन मस्कले ४४ बिलियन डलरमा ट्वीटर कम्पनी खरिद गरेका छन् । गत दुई साताअघि मस्कले आफुले ट्वीटर खरिद गर्न सक्ने सम्भावना रहेको खुलासा गरेका थिए । ट्वीटरमा रहेको नक्कली खाताहरु उन्मुलन गर्नेदेखि धेरै परिवर्तन गर्नका लागि छट्वीटर खरिद गरेको उनले बताएका छन् । अमेरिकी पत्रिका फोब्र्सका अनुसार विश्वका धनाढ्य मस्कोको कुल सम्पती २७३ दशमलज ६ बिलियन डलर रहेको छ । यसअघि उनले एक अर्व १० करोड डलर बराबरको टेस्लाको शेयर विक्री गरेका थिए । आफ्ना ६ करोड ३० लाख ट्वीटर आफ्नो अरुसगँ कर तिर्नका लागि टेस्लाको १० प्रतिशत शेयर मस्कले विक्री गरेका हुन। उनले विक्री गरेको दुई दिनमा टेस्लाको शेयर १६ प्रतिशतले घटेको थियो । शेयर बजारमा एक ट्रिलियन पूंजी रहेको टेस्ला विश्वकै मूल्यवान कार उत्पादक कम्पनी हो । एलन मस्कले ९ लाख ३० हजार कित्ता शेयर विक्री गरेको खुलासा भएको छ । मस्कले अहिले शेयर विक्री गरे पनि उनले गत सेप्टेम्बरमै शेयर विक्रीको प्रक्रिया सुरु गरेको पनि बताइएको छ ।
मस्कसँग अहिले पनि टेस्लाको शेयर १७ लाख कित्ता रहेको छ । जुन २ खर्ब ८० अर्ब डलर बराबरको सम्पति हो ।