मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडाैं । माैसम पूर्वानुमान महाशाखाले हाल देशका पहाडी भू-भागमा स्थानीय वायु र पश्चिम वायुको प्रभाव रहेको र आज बिहान पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेकाे तथा बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहेको जनाएकाे छ । बुधबार दिउँसो भने देशका गण्डकी प्रदेश र प्रदेश-१ का पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेकाे छ । बागमती प्रदेश र मधेश प्रदेशमा आंशिक बदली रहेकाे छ । बाँकी प्रदेशमा भने मौसम सामान्यतया सफा रहने माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । साथै प्रदेश-१, गण्डकी प्रदेश, बागमती प्रदेश र मधेश प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको समेत सम्भावना रहेको छ।
बुधबार राती भने देशका प्रदेश-१ का पहाडी भू-भागमा आंशिक बदली रहनेछ । बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएकाे छ।