लाइसेन्स ट्रायलमा ७० अंक ल्याए पास

२०७९ फाल्गुन २ गते, मंगलवार

काठमाडौं । बागमती प्रदेश सरकारले आजबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स)को ट्रायलमा ७० अंक ल्याए पास हुने नयाँ मापदण्ड लागू गरेको छ । आजबाट बागमती प्रदेशका विभिन्न स्थानहरुमा सवारी चालक अनुमति पत्र (लाइसेन्स)को ट्रायलमा ७० अंक ल्याए पास हुने नयाँ मापदण्ड लागू भएको हो । आजबाट लिखित तथा ट्रायल परीक्षा ‘सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन निर्देशिका २०७७’ अनुसार सञ्चालन हुने छ । मंगलबार बिहान गुर्जुधारास्थित ट्रायल सेन्टरमा पुग्नुभएका वागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री एकालाल श्रेष्ठले विगतमा रहेको लाइसेन्स ट्रायलमा शतप्रतिशत अंक ल्याउनुपर्ने व्यवस्थालाई परिमार्जन गरेर अब ७० अंक ल्याए पास हुने व्यवस्था आजबाट लागू भएको बताए । उनले अन्य प्रदेशमा धेरै अघिबाट यो व्यवस्था सुरु भएपनि वागमती प्रदेशमा भने ढिलो गरी सुरु भएको बताए । उनले परीक्षार्थी सबैलाई पास हुनेगरी परीक्षार्थीमैत्री व्यवस्था लागू गरेको र सानो त्रुटीले पनि लाइसेन्स नपाउने र फेरि नयाँ प्रक्रिया सुरु गर्नुपर्ने झन्झटलाई मध्यनजर गरेर यस्तो व्यवस्था गरिएको बताए ।

प्रतिक्रियाहरु

[anycomment]