वैज्ञानिक स्टिफन हकिङको प्रेरणाका स्रोत

मिलन आफन्त २०८० बैशाख ३ गते, आईतवार

स्टिफनले आफ्नो शोध कार्यक्रमहरुमा जुन विख्यात वैज्ञानिकहरुका सूत्र, निष्कर्ष तथा सिद्धान्तहरुलाई आधार बनाए ती विद्वान्हरुलाई स्टिफन आफ्नो प्रेरणाको स्रोत मान्छन् । तिनै वैज्ञानिकहरुमध्ये केही वैज्ञानिकहरु निम्न छन् ।

अल्बर्ट आइन्सटाइन ः दक्षिण जर्मनीमा अवस्थित उल्म नामक शहरमा सन् १८७९ मार्चं १४ मा अल्बर्ट आइन्सटाइनको जन्म भएको थियो । जन्मँदा उनको टाउको ठूलो तथा हातखुट्टा साना थिए । भनिन्छ, उनी जन्मँदा रोएका समेत थिएनन् । नरोएकै कारण मानिसहरु उनको जीवन–शक्तिलाई लिएर चिन्तित थिए । उनको बुबा हरमन गाउँगाउँ घुम्दै बिजुलीका साना–तिना सामानहरु बेच्ने गर्दथे । आम्दानीको राम्रो स्रोत नभएका कारण उनको परिवारको आर्थिक स्थिति अत्यन्तै नाजुक थियो । उनकी आमा पाउलिन बच्चाहरुलाई पढाउने काम गर्थिन् । ४ वर्षको उमेर हुँदासम्म उनी बोल्न सक्दैन थिए । पछि पढाईमा पनि अत्यन्तै कमजोर थिए । सन् १८९५ मा जब उनले पोलिटेक्निक परीक्षाका लागि आवेदन दिए, उनी अयोग्य घोषित भए । एक वर्षको मेहनतपश्चात् बल्ल उनले पोलिटेक्निकमा प्रवेश पाएका थिए । सन् १९०१ मा उनले डिप्लोमा सिध्याए । जीवनको हरेक मोडमा अयोग्य घोषित भएका उनले आपूmले आफैँलाई भने अयोग्य मानेनन् । पछि उनले स्विस पेटेन्ट आफिसमा काम गर्न सुरु गरे । खाली समयमा उनले सापेक्षताको सिद्धान्तमाथि काम गर्न सुरु गरे । २६ वर्षको उमेर हुँदा सन् १९०५ मा उनले सापेक्षता सिद्धान्तका आफ्ना तिनवटा नियमहरु प्रस्तुत गरे । जसमध्ये सापेक्षिकताको विशिष्ट सिद्धान्त प्रमुख थियो । निष्कर्ष प्रस्तुत गर्ने वित्तिकै भौतिक विज्ञानको क्षेत्रमा हलचल मच्चियो । उनले २०० वर्ष पुरानो न्युटनको सिद्धान्तलाई गलत प्रमाणित गरेका थिए । ‘रोयल सासाईटी’ले उनका निष्कर्षहरुलाई प्रमाणित मान्यो । सन् १९२१ मा उनले भौतिक विज्ञानको नोबल पुरस्कार प्राप्त गरे । उनले भ्. ःअद्द जस्तो विश्वविख्यात सूत्र खोजेका थिए । जसमा भ् भनेको उर्जा, ः भनेको द्रब्यमान र ऋ भनेको प्रकाशको वेग हो । स्टिफन हकिङले आफ्नो चर्चित पुस्तक “ए ब्रीफ हिस्ट्री अफ टाइम” मा यही सुत्रको मात्रै उल्लेख गरका छन् । प्रकाशकले उनलाई सुत्र नराख्नु भनेका थिए तर उनले यो शुत्रलाई लेख्नबाट आपूmलाई रोक्न सकेनन् ।

अल्बर्ट आइन्स्टाइन सन् १९३३ मा बर्लिन विश्वविद्यालयका प्रोफेसर थिए । भनिन्छ, उनी अमेरिका गएको मौका पारेर जर्मन तानाशाह हिटलरले अल्बर्टको जर्मनमा भएको सम्पति जफत गरेका थिए । त्यसको कारण भनेको अल्बर्ट यहूदी थिए । हिटलर यहूदीलाई घृणा गर्थे । अल्बर्टलाई प्रोफेसर पदबाट पनि हटाईएको थियो । पछि अमेरिकामा उनको लागि एउटा नयाँ संस्था खोलियो र उनलाई निर्देशक बनाइयो ।

अल्बर्ट आइन्स्टाइन परमाणु युद्धको विरोधी थिए । उनको भनाईमा परमाणु शक्तिको उपयोग मानव कल्याणको लागि हुनुपर्छ भन्ने थियो । द्वितीय विश्वयुद्ध समाप्त भएपछि जब इजराइल राज्यको स्थापना भयो तब उनलाई त्यहाँको राष्ट्रपति बन्ने प्रस्ताव गरिएको थियो । जसलाई उनले आपूm वैज्ञानिक भएको र समाज सम्हाल्ने आपूmलाई ज्ञान नभएको भन्दै त्यस प्रस्तावलाई अस्वीकार गरिदिएका थिए । सन् १८ अप्रिल १९५५ मा प्रिन्स्टन, न्यूजर्सीमा अल्बर्टको निधन भयो । उनीद्वारा स्थापित सापेक्षताको सिद्धान्तलाई नै स्टिफनले अगाडि बढाएका थिए । त्यसैले मानिसहरु उनलाई अल्बर्ट आइन्स्टाइनको उत्तराधिकारी मान्ने गर्छन् । एक पटक स्टिफनलाई सोधिएको थियो, “यदि तपाईलाई अल्बर्ट आइन्सटाइनसँग कुरा गर्ने अवसर मिल्यो भने तपाईं के सोध्न चाहनुहुनेछ” ! स्टिफनले उत्तर थियो, ‘म उनीसँग तपाईले ‘ब्ल्याक होल’ माथि विश्वास किन गर्नुभएन भनेर सोध्नेछु ।’

ग्यालिलियो ः ग्यालिलियोको जन्म सन् १५५४ मा इटली (पिसा) मा भएको थियो । त्यही वर्ष शेक्सपियरको पनि जन्म भएको थियो । ग्यालिलियो आधुनिक विज्ञानको लागि बढी उत्तरदायी छन् । उनलाई सुरुदेखि नै कोपरनिकसको सिद्धान्तमाथि विश्वास थियो । २६ वर्षको उमेरमा उनी पिसा विश्वविद्यालयका गणित प्रोफेसरको रुपमा नियुक्त भएका थिए । उनले अरस्त्ुाका नियमहरुलाई विभिन्न प्रयोगहरुद्वारा जाँचेका थिए । एक पटक उनी पीसाको अग्लो स्थानमा गए र त्यहाँबाट एउटा हातले भारी वजनको धातुको गोला तथा अर्को हातले हलुका वजनको धातुको गोला एकै साथ तल फ्याँके । दुवै गोलाहरु एकै साथ जमिनमा खसे । यसरी अरस्तुको सिद्धान्त गलत भयो । अरस्तुको भनाई थियो, भारी गोला हल्का गोलाभन्दा छिटो भुईमा खस्नेछ । ग्यालिलियोले एउटा दुरबिन यन्त्र बनाएका थिए, जसले टाढाको बस्त्ुालाई तीन गुणा ठूलो देख्थ्यो । पछि उनले एउटा यस्तो यन्त्र पनि बनाएका थिए जसबाट कुनै बस्तुलाई ३२ गुणा ठूलो देखिन्थ्यो । यहीयन्त्रको माध्यमबाट उनले ग्रह तथा ताराहरु माथि प्रकाश पारे । आकाश गंगा ताराहरुको खोज, चन्द्रमामा उबड–खावड भएको खोज, बृहस्पति ग्रहका चारैतिर चन्द्रमा जस्ता ग्रहहरु छन् भन्ने खोजजस्त उनले अनेक महत्वपूर्ण खोजहरु गरे । उनले निकालेको सबैभन्दा ठूलो निष्कर्ष भनेको सूर्य स्थिर छ र पृथ्वीले त्यसको चारैतिर चक्कर लगाउँछ भन्ने हो ।

उनले सूर्यमा दाग भएको पनि देखे । लामो खोजबिन पछि उनले सूर्यमा भएको उक्त दाग यति ठूलो भएको निष्कर्ष निकाल्ने, त्यति ठूलो आकारको कुनै चीज पृथ्वीमा कहिल्यै पनि भएन । उनले ‘सूर्य दागहरुमाथि पत्र’ नाम पुस्तक समेत प्रकाशित गरे । उनले सूर्यको बारेमा यस्तो भन्नु त्यसबेला मान्यता विरुद्ध थियो । त्यसैले क्याथोलिक चर्चको साथमा उनले विवाद बढ्यो । पुस्तक लेखेको तीन हप्तापछि नै क्याथोलिक चर्चद्वारा त्यसमाथि प्रतिवन्ध लगाइयो । सूर्यजस्तो स्वर्गीय पदार्थमाथि कलंकको घोषणा तथा पृथ्वीको महत्वलाई कम आँक्नु चर्चलाई पाच्य भएन । ग्यालिलयोका लागि उक्त घोषणाले आपत ल्यायो । उनको विचारलाई झुठो ठह¥याइयो । झुठो विचार फैलाएको आरोप लगाउँदै उनलाई घरमैै नजरबन्द गरियो । चर्चले कोपर्निकसका आवधारणाहरुलाई समेत प्रतिवन्धित गरिदियो । ग्यालिलियोलाई कोपर्निकसका अवधारणाहरु माथि विश्वास नगर्न तथा तिनको बचाउ नगर्न आदेश दिइयो । ग्गालिलियोले नचाहँदा–नचाहँदै उक्त आदेश मान्नु प¥यो । भनिन्छ, घरमै नजबन्द रहेको बेलामा उनी अन्धासमेत भएका थिए । सन् १६४२ मा उनको मृत्यु भयो । उनको मृत्यु भएको ३०० वर्षपछि स्टिफन हकिङको जन्मभएको थियो । अन्तरिक्षको सम्बन्धमा स्टिफनले जुन प्रश्न उठाए त्यो ग्यालिलियोद्वारा पहिल्यै उठाइएको थियो । भनिन्छ, ग्यालिलियो मनुष्यले यो विश्वप्रणाली कसरी चल्छ भनेर बुझ्ने आशा गर्न सक्छ भन्ने तर्क दिने पहिलो व्यक्ति थिए । त्यसैले ग्यालिलियो स्टिफनका प्रेरणाका स्रोत हुन भनिन्छ ।

सर आइज्याक न्युटन ः सन् १६४२ मा ग्यालिलियोको मृत्यु भएकै वर्ष सर आइज्याक न्यूटनको जन्म भएको थियो । न्यु जन्मनुभन्दा पहिल्यै उनको बुवाको मृत्यु भइसकेको थियो । पछि उनकी आमाले पनि दोस्रो विवाह गरिन् । त्यसैले उनको लालन–पालन उनकी हजुरआमाले गरेकी थिइन । उनलाई पढ्ने सुविधा प्राप्त भएन । उनले ढिलोे स्कुल पढे, उनकी हजुरआमा उनलाई सफल किसान बनाउन चाहन्थिन् तर उनको रुचि प्रकृतिका रहस्यहरुलाई तर्कपूर्ण तरिकाले सुल्झाउनमा बढी थियो । १९ वर्षको उमेरमा उनी क्याम्ब्रिज पुगे । त्यसबेला सम्म उनलाई बुद्धिमान विद्यार्थीको रुपमा चिनिन थालिसकिएको थियो । एक दिन उनी बगैँचामा टहलिरहेका थिए । उनले एउटा स्याउ जमिनमा खसिरहेको देखे । यस घटनाले उनको मनमा जिज्ञासा जाग्यो । उनलाई लाग्यो “यो स्याउ तर नै किन खस्यो ! माथि तिर किन गएन !” गहिरोसँग खोज गर्दै जाँदा उनलाई पृथ्वीमा कुन यस्तो बल छ जसले वस्तुलाई आपूmतिर तान्छ भन्ने अनुभव भयो । यसैलाई उनले गुरुत्वाकर्षणको सिद्धान्त भने । यस सिद्धान्तको साथै उनले संसारलाई गतिको नियम पनि दिए । उनले प्रकाशसम्बन्धी सिद्धान्त खोजे र पहिलो परावर्तित दुरविन बनाए । त्यस्तै विज्ञानको एउटा शाखाको रुपमा उनले कैलकुलस खोजे । भनिन्छ, उनी खुशी देखिदैन थिए । अन्य विद्वान्हरु जस्तै उनी पनि सधैँ उल्झिरहेका हुन्थे । ४२ वर्षको उमेरमा उनले‘ प्रिन्सिपिया म्याथमेटिका ९एचष्लअष्उष्ब ःबतजझबतष्अब०ु नामक पुस्तक प्रकाशित गरे । त्यसपछि सार्वजानिक रुपमा ख्याति पाए । त्यस पुस्तकलाई भौतिक विज्ञानको सबैभन्दा प्रभावशाली पुस्तक मानियो । उनलई “रोयल सोसाइटी”को अध्यक्ष नियुक्त गरियो । न्युटन “नाईट” को उपाधिद्वारा विभूषित हुने पहिलो वैज्ञानिक थिए । केही मानिसहरुले उनको आलोचना पनि गरे । उनीहरुको भनाईमा न्युटनको गुरुत्वाकर्षण सिद्धान्तले ब्रह्मण्डलाई निर्जीव तथा सुख्खा बनाई दिएको थियो । यस आलोचनामा न्युटनको प्रतिक्रिया थियो ‘ब्रह्माण्डको रचना यति सुन्दर र यति नियमवद्ध तरिकाबाट गरिएको छ, यस्तो रचना गर्ने यसकी निर्मात्री देवी बुद्धिमत्ताको खजाना होलिन् या यसको निर्माणमा दैवीकर्ताको हात हुनुपर्छ ।’ उनले यस्तो भनेपछि फेरि उनलाई प्रश्न सोधियो, ‘को हुन् त ती निर्मात्री देवी !’ जसमा उनको उत्तर रह्यो, ‘म वैज्ञानिक हँु । त्यसले धार्मिक कुराहरुको म कल्पना गर्न सक्दिनँ । म परमेश्वरको सम्बन्धमा होइन, केवल नियमहरुको सम्बन्धमा बोल्छु ।’ सन् १७२७ मा उनको निधन भयो । सर आइज्याक न्युटन पनि स्टिफन हकिङका प्रेरणाका स्रोत हुन् । किनकि उनीद्वारा खोजिएको गुरुत्वाकर्षणको सिद्धान्त स्टिफनको शोधमा धेरै काम लाग्यो ।

(रोशन दाहालको पुस्तक ‘स्टिफन हकिङ ः   एक महान् वैज्ञानिकको जीवनी’बाट

प्रतिक्रियाहरु

[anycomment]