शनिबारसम्म मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

२०८० भाद्र २८ गते, बिहीबार


काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना भएको जनाएको छ ।

यसैगरी ,महाशाखाले भोलि शुक्रबार र ३० गते शनिबार पनि बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]