नेपाल टेलिकमद्वारा रोबोट प्रविधिको प्रयोग !

२०८१ मंसिर २ गते, आईतवार


काठमाडौँ । नेपाल टेलिकमले रोबोट प्रविधिको प्रयोग सुरु गरेको छ । टेलिकमले ग्राहक सेवामा सुधार गर्ने उद्देश्यले सुन्धारास्थित टेलिकमको कार्यालयमा आइतबार ‘एआई ज्याक’ नामक रोबोट सेवा सञ्चालन गरिएको कार्यालय प्रमुख दिनेशचन्द्र पन्थीले बताए ।
पन्थीका अनुसार कार्यालयमा दैनिक दुई सयदेखि तीन सय सेवाग्राही आउँने र जनशक्ति पर्याप्त नहुँदा छिटो सेवा दिन कठिन भएको बताउदै भने- ”अब भने रोबोटले धेरै काम सहजिलो बनाउने अपेक्षा लिएका छौँ। सामान्य सोधपुछदेखि एनटिसी सेवाका छसय जति प्रश्नको उत्तर ग्राहकले रोबोटमार्फत सुन्न सक्नुहुन्छ ।”
प्रमुख पन्थीले रोबोटलाई अझै प्रभावकारी बनाउन नयाँ प्रणाली जडान गर्ने योजना रहेको जानकारी दिए । रोबोटले सेवाग्राहीका एनटिसीका विषयमा सोधिएका प्रश्नका जवाफ दिनेछ । साथै कुन सेवा लिन कुन शाखामा जाने नक्शा विवरण पनि रोबोटले दिनेछ । प्रमुख पन्थीले विदेशीलाईसमेत सुविधा दिने उद्देश्यले रोबोटमा अंग्रेजी र नेपाली भाषाबाट सेवाको व्यवस्था मिलाइएको बताए ।

प्रतिक्रियाहरु

[anycomment]