मौसम पूर्वानुमान महाशाखाको वेबसाइट ह्याक

२०८१ पुष १ गते, सोमबार


काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको वेबसाइट ह्याक भएको छ । महाशाखाको वेबसाइट आज बिहान ह्याक भएको हो । महाशाखाले मौसमी गतिविधिको जानकारी दिने गर्दछ । तर वेबसाइट ह्याक भएपछि मौसमसम्बन्धी जानकारी लिन नसकिने भएको छ ।
वेबसाइट खोल्ने प्रयास गर्दा ह्याक भएको जानकारी दिएको पेज मात्र खुल्छ । आफूलाई ‘क्याप्टेन स्मोकर’ बताउनेले वेबसाइट ह्याक गरेको बताएको छ ।

प्रतिक्रियाहरु

[anycomment]