ई–सेवाबाटै होटल बुकिङ !

काठमाडौँ । ई–सेवाले आफ्नो सेवा सूचीमा होटल बुकिङ सेवा पनि थप गरेसँगै अब ई–सेवामार्फत अनलाइन होटल बुकिङ अझै सहज र छिटो भएको छ । ई–सेवाले वेबसाइट र मोबाइल एपमार्फत सहजै आफ्नो आवश्यकतानुसार होटल बुकिङ गर्न मिल्ने गरि सेवा सञ्चालन गरेको छ । ई–सेवाले, देशभर रहेका २००० भन्दा बढी होटलहरूलाई एउटै प्लेटफर्ममा ल्याउँदै आफ्ना प्रयोगकर्ताहरूलाई सजिलो र छिटो होटल बुकिङ गर्न मिल्ने सुविधा ल्याएको हो । अहिलेसम्म मोबाइल रिचार्ज, बिजुली–पानीको बिल तिर्नेदेखि सरकारी सेवा शुल्क तिर्नेसम्मका कामलाई सहज बनाउँदै आएको ई–सेवाले, अब घुमघाम, व्यावसायिक यात्रा वा पारिवारिक कार्यक्रमका लागि होटल बुकिङ पनि सहज बनाएको छ ।
केवल केही ट्यापमै, आफ्नो आवश्यकता र बजेट अनुसार होटल बुकिङ गर्न सकिने भएकाले यो सुविधा अझ लोकप्रिय बन्ने र जनतामा अझ सहजता ल्याउने अनुमान गरिएको छ ।
होटल बुकका लागि सुरुमा ई–सेवा एप खोली ‘होटल्स’मा ट्याप गर्नुपर्नेछ, त्यसपछि गन्तव्य र प्रस्थान मिति छान्नुपर्नेछ । त्योसँगै उपलब्ध रहेका होटलहरूबाट आफूलाई उपयुक्त होटल रोज्नुपर्नेछ, सबै विवरण भरेर बुकिङ कन्फर्म गर्न सकिने ई–सेवाले जनाएको छ । त्यसपछि ई–सेवा वालेटबाट सहजै भुक्तानी गर्नुपर्नेछ ।
यसरी बुकिङ गरेपछि होटल बुकिङ भएको वा नभएको सम्बन्धी सबै जानकारी तुरुन्तै प्रयोगकर्ताको मोबाइलमै आउने कम्पनीले जनाएको छ । यो सेवाबाट सस्तो होटलदेखि सुविधासम्पन्न तारे होटलसम्म, आफ्नो आवश्यकता अनुसार छनोट गर्न सकिनेछ। अब होटल बुक गर्नका लागि अलग–अलग वेबसाइट वा एजेन्सी खोज्नु पर्नेछैन । एउटा एपमै सबै काम मिल्ने यो सुविधा, देशभरका प्रयोगकर्ताहरुका लागि उपयोगी हुने विश्वास गरिएको छ ।