पार्टी एकीकरण कार्यकर्ता भूलाउने साधन – झपेन्द्रराज बैद्य

२०७५ पुष १९ गते, बिहीबार

कार्यकर्ता भूलाउने एउटा साधन हो एकीकरण। दिनकाट्ने र कालपर्खिने एउटा नेपाली उखान छ। यस्तै राजनीतिमा पनि कार्यकर्तालाई अलमलपार्न पार्टी एकीकरणको गीत गाउदै हिड्ने परिणामतः हातलाग्यो शून्यजस्तै देखिन्छ। यस पंक्तिकारलाई दुबै पक्षको गुह्यकुरा थाह नभए पनि बाहिर पोखिएको कुरा त पक्कै थाह छ। एकताका पाटीको कार्यगत एकता र पार्टी ध्रुबीकरण सम्बन्धमा धेरै बहस चले। केही सवालमा कार्यगत एकता पनि भए। कैयौं शक्तिहरु नेकपा बिप्लब माओबादीमा ध्रुबीकृत भएको देखिन्छ। संयोग भनौं मंसीर ८ गते भृकुटीमण्डपमा जनसागर नै देख्नसकिन्थ्यो। कम्युनिष्ट आन्दोलनमा यो सकारात्मक पक्ष हो। तर पार्टी एकताका सम्बन्धमा अकर्मन्यताबाद,संकीर्णताबाद,यान्त्रिकबाद तथा पुच्छरबाद गौंडा गल्छेडाकारुपमा देखापरेको छ। पूर्व एमाले र पूर्व माओबादी एकीकरण भए। यसको परिणाम दुईतिहाई बहुमत त भयो तर माओबादी केन्द्रले आफ्नो बिचार र कार्यदिशा सबै त्यागेर गयो। नाम जे राखेपनि राजनैतिकरुपमा एमालेमा बिलिन भयो वा ध्रुबिकृत भयो। कम्युनिष्टको सिद्धान्त, कार्यदिशा र बिचार छोडेर दलाल पुँजिबादमा पतन भयो माओबादी केन्द्र। अहिले राजनीतिमा दुई धार छुट्टीएको छ। एउटा हो संसदबादी धार । यसले छलछाम जसरी भएपनि बहुमत ल्याएर यसैको आधारमा जनतामा लूटगर्छ। अर्का धार हो उत्पीडित किशान,मजदूर र सर्वहारा जनताको पक्षमा उभिएर उनीहरुको उन्मुक्तिको लागि क्रान्तिगर्ने धार। पछिको थाहछैन। जनताले नेताहरुबाट धेरै धोका पाएका छन्। लड्छन् लड्छन् आखिरिमा नेताहरु आत्मसर्पण गर्छन्। अहिले पूर्व माकेका शीर्ष नेताहरुनेताहरु १७ हजार शहीदहरुको लाशमा टेकेर पुँजिबादको असली दलाल बनेका छन्। यसकारण अहिले जनता चम्केको अवस्था छ। तर पनि नेकपा बिप्लब माओबादीले महान जनयुद्धको आदर्श र क्रान्तिको स्प्रीट बोकेर क्रान्तिको मैदानमा हिडिरहेको देखिन्छ।
अरु ससाना क्रान्तिकारी पार्टीहरु पनि छन्। क्रान्तिकारी पार्टीहरु एकीकरण गर्ने कुरामा सहमतिको नजिक भएको देखिन्छ भने नेकपा क्रान्तिकारीका महासचिबको चाडै पार्र्टी एकीकरण गर्ने धारण रहेपनि त्यस पार्टी भित्रका केही अकर्मण्यता यथास्थितिबादीहरु एकीकरणको तगारो भएको बुझिन्छ। उनीहरुका लागि सशस्त्र संघर्ष भूत बनेको छ। क्रान्तिकारी पनि बन्नखोज्ने तर फिल्डमा उत्रन डराउने सारसंग्रहबादीबाट नेपाली जनबादी क्रान्ति अगाडि बढ्न सक्दैन। क.रामसि सिरिशको समूहले त महानजनयुद्ध गलत थियो भनिसकेको छ। यो चुनाबपरस्त सुधारबादी धार देखिएको छ। कुनै पनि पार्टीका आआफ्ना दृष्टिकोण र मान्यता हुन्छन् त्यसमा यस पंिंक्तकारलाई केही भन्नु छैन तर एकीकरणको बहसचलाउदै जादा ‘एकीकृतलाई’ हाउगुजी संझेर रातारात नेकपालाई सरापेर दुश्मनको कित्तामा उभिन खोज्नेले क्रान्तिगर्न सक्छ? यो हो प्रतिक्रान्ति। क्रान्ति त क्रान्किारी कम्युनिष्टले पचाउने शब्द हो तर एकीकृत क्रान्तिमामा भने के रहेछ त्यस्तो चिज जसले तर्साउने गर्छ। मेरो बुझाइमा एकीकृत भन्ने समुष्ट हो जसले ठोंस परिस्थिति अनुसार ठोंस बिश्लेषण गरी सबै बर्ग र समूदायबाट प्रतिकृयाबादी माथि आक्रमण हुन्छ। लेनिनले शहरबाट क्रान्ति उठाउने र माओले गाउँले शहर घेर्ने नीति अबलम्बनगरी क्रान्ति अगाडि बढ्यो। चीनमा बहुसंख्यक किशान र सामन्ति राज्यब्यबस्था भएकाले क्रान्ति कसरी गर्ने भन्ने सवालमा लेनिनले त्यहाँको ठोंस परिष्थितिको ठोंस निर्णय अनुसार क्रान्ति अगाडि बढाउनुपर्छ भन्नु भएको थियो। नेपालमा पनि एकातिर सामन्तबाद छ अर्कोतिर दलाल पुँजिबाद छ। नेपालमा सामन्तबादको समेत दलालपुँजिबादले नेतृत्व गरेको छ। त्यसकारण दलाल पुँजिबाद र किशान मजदूर उत्पीडित समूदायको अन्तरबिरोध नै नेपाली समाजको प्रधान अन्तर बिरोध हो। त्यसकारण नेपाली समाजको बस्तुगत स्थितिको आधारमा नेपालमा क्रान्तिको आवश्यकता हो। क्रान्ति भन्ने चिज बनिबनाउ हुदैन। तर सिर्जनशीलताको नाममा माक्र्सबाद लेनिनबाद र माओबादको मौलिकता भने छोडनुहुदैन। माक्र्सबादको आधारभूत सिद्धान्त र गुदी पकडनुपर्छ। अन्यथा पुच्छरबादी भएर दलालबन्नुपर्छ। । माओले क्रान्ति अगाडि बढाउनको लागि क्रान्तिकारी पार्टी, सेना र संयुक्त मोर्चा जादूगरी हतियार हुन भन्नु भएको छ। क्रान्तिको नाममा एउटा सिंको पनि नभाच्ने, गोलचक्करबादी हुने संसदबादको मोह पनि नछोड्नेले क्रान्ति गर्नसक्दैन। क्रान्तिकारी माओबादीको देजमोले सही भनेको छ। शक्ति नभएरै चुनाबमा लागेका हौं। अघिल्लो बर्ष त्यही संबिधान जलाउने अनि पछि त्यही संबिधान लागूगर्ने प्रकृयामा चुनाबमा भाग लिने। यो बिरोधाभाष हो। सिद्धान्ततः उपयोग गर्नपनि सकिन्छ। तर ठोस परिस्थितिको ठोंस बिश्लेषण नगरी क्रान्तिकारी माओबादीले उपयोग गरेको बुझिन्छ। उसलाई यथास्थितिबादी खेमाबाट भाग लिन बाध्यता भएको पनि बुझिन्छ। बहाना बाजी मात्र छ। नाच्न त नाच्थें तर आगन टेढो भनेको यही हो। कि त प्रचण्ड र बाबुराम जस्तै छुट्टै कित्तामा जानुपर्छ कित जनताको माग अनुसार क्रान्ति र परिवर्तका लागि क्रान्तिमा लाग्नुपर्छ। मध्यपन्थी भनेको पनि यही हो। आत्मसुरक्षाबाद र सामन्ति प्रबृत्तिले यो र त्यो को बहानामा क्रान्तिलाई पछाडि धकेल्छ। अहिले क्रान्तिकारी माओबादीका केही दुस्साहसबादी पलायनबादीबाट यही भएको छ। माओले २५ वर्ष लडेर नयाँ जनबादी क्रान्ति गर्नु भयो। त्यसबेला ल्यु साओची र तङ्साओ फेङ्ले अझै पुँजिबादको बिकास नगरी समाजबादमा पुग्नसकिदैन भनी तगारो बन्नखोजे। तर परिणम १९५७ मा समाजबादमा फड्को हान्ने स्थिति आयो। माओले दाह्रा देखाएर आउने बाघ भन्दा दशगुणा पापी ब्वाँसो हुन्छ भन्नुभयो। साधारण गोली भन्दा चिनीले बेरिएका दशगुण बिध्वंसक गोलीका बिरुद्ध समाजबादमा लडनुपर्ने अवस्था आयो। क्रान्तिकारी माओबादीमा क. मोहन बैद्य किरण क्रान्तिप्रति इमानदार भएपनि त्यहाँ वर्नस्टिन र काएत्स्की पनि रहेका छन् जसले महासचिबलाई उछुनेर बीष बमन गर्छन। रोइलो गर्छन्। हुनपनि एकीकरण एकीकरण भन्दै गीतगाउदै हिड्ने अनि एउटै कुरा नमिल्दा प्रतिकृयाबादीको खेमामा जाने यस्तो पनि कहीँ हुन्छ? झिँगाले सरापेर डिँगा मर्दैन। यी ब्यक्तिबादी अराजकताबादी कूपमण्डूकहरुले क्रान्तिकारी माओबादीलाई अगाडि बढनपनि दिदैनन्। आइ एन्जीओले संसारमा कहीँ कतै पनि क्रान्तिलाई अगाडिबढ्न दिदैन।
अब मुलुकलाई कसरी बचाउने हो भन्ने अवस्था आएको छ। महंगी, भ्रष्टाचार छ। निर्मलापन्त जस्ता छोरीहरुको बलात्कार र हत्या हुन्छ। भर्खरैको कुरा वाइडबडी हवाई जहाज खरिदमा ३।४ अर्ब घोटला भएको छ। सुनतस्करी त्यसै हराएर गएको छ। दलाल पुँजिबादमा यस्ता बिकृति बिसंगती हुन्छन्। यसको बिरुद्धमा फासीबाद बिरोधी शक्ति, देशभक्त र जनतन्त्रबादी शक्तिहरुको मोर्चा तयारगरी अगाडि बढ्नुको बिकल्प छैन।

प्रतिक्रियाहरु

[anycomment]